Purbi Garjan

यातायात कार्यालय विर्तामोडमा अवैध असुली, प्राविधिक शाखा सेटिङको अखडा

झापा । पटकपटक घुस र सेटिङको पर्दाफास भएपनि त्यसमा संलग्न कर्मचारीलाई कारबाही नहुँदा यातायात व्यवस्था कार्यालय बिर्तामोड घुस र सेटिङको अखडा बनेको छ। कार्यालयमा अहिले प्राविधिक शाखामा सेटिङको चटारो चलिरहेको छ। विशेषगरी प्राविधिक प्रमुख तथा मेकानिकल इन्जिनियर राजकुमार गुप्ता आएदेखि नै उनले अनियमितता र सेटिङ चलाउने गरेको सेवाग्राहीहरुले नै गम्भीर आरोप लगाएका छन्।

गुप्ताले सवारीसाधनको जाँच पास, दर्ता, नामसारी लगायतका काम मोबाइलमा फोटो हेरेरै गर्ने, बिना गाडी प्राविधिक सिफारिस गर्ने, तथा जरिवाना समेत मनपरी कायमम गरी राज्यको राजस्वमा हिनामिना गर्ने गरेको तत्य फेला परेको छ।

कोशी प्रदेश सरकारले ८२ साल असार २९ गते जारी गरेको आर्थिक ऐनअनुसार कुनैपनि सार्वजनिक सवारीले जाँचपास गर्न कार्यालयसम्म सवारी साधन ल्याउन नसक्ने भनी निवेदन गरेमा डोर खटी जाने र कर्मचारीबाट जाँचपास गराउने दस्तुर जिल्ला भित्र ५ हजार जोडिएको छ। अर्को जिल्लामा १० हजार र अन्य जिल्लामा १२ हजार लाग्ने उल्लेख छ । तर यता प्राविधिक प्रमुख गुप्ताले भने यसैको फाइदा उठाउँदै सेटिङको धन्दा चलाइरहेका छन्। डोरलाई दिने पैसा लिएर मोबाइलमा फोटो हेरेको भरमा चेकजाँचको विवरण बनाउने गरेका छन्।

गत चैत महिनामा इटहरीबाट सरुवा भई आएका गुप्ताले साना गाडीहरूबाट ५–१५ हजार र मोटरसाइकल/स्कुटरबाट १ हजारदेखि २५ सय रुपैयाँसम्म अवैध रकम लिँदै आएको स्रोतले जानकारी दिएको छ । उनले दैनिक १० देखि १२ वटा सवारीको जाचपासमा अवैध असुली गर्ने गरेको रेकर्ड हामीलाई प्राप्त भएको छ ।

गुप्ताले आफू नेपाली कांग्रेसका ठूला नेतासँग नजिक रहेको भन्दै अन्य कर्मचारीलाई समेत धम्क्याउने गरेको पाइएको छ। यसअघि पनि पटकपटक असुली र घुसको आरोप खेपिरहेको यातायात व्यवस्था कार्यालयका कुनैपनि कर्मचारी र प्रशासन प्रमुखमाथि छानबिन र स्पष्टीकरण समेत नसोधिनुले यसको सेटिङ उपल्लो निकाय सम्म रहेको हुनसक्ने देखिन्छ।

सम्बन्धित निकायले छानबिन र कारबाहीको डन्डा नचलाउँदा यस्ता कार्यालयहरुमा बिचौलिया र भ्रष्ट हरुको हालिमुहालि बढ्दै गएको छ। जसका कारण दैनिक सयौंको संख्यामा सेवा लिन आउने सेवाग्राहीहरु मारमा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

उद्घाटन खेलमै मेक्सिकोको दमदार जित, दक्षिण अफ्रिकामाथि २–० को विजय

उद्घाटन खेलमै मेक्सिकोको दमदार जित, दक्षिण अफ्रिकामाथि २–० को विजय

झापा । घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिको राष्ट्रिय फुटबल टोली ले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिका ...
आज सबै विद्यालय बन्द गरेर सम्मान कार्यक्रम उपस्थित हुन मेचीनगरको निर्देशन

आज सबै विद्यालय बन्द गरेर सम्मान कार्यक्रम उपस्थित हुन मेचीनगरको निर्देशन

मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक–कर्मचारी तथा विद्यार्थी सम्मान कार्यक्रमका लागि नगरभित्रका सामुदायिक, संस्थागत तथा ...

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौँ, २३ जेठ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुस...

घट्यो वर्षा, तातो लहर बढ्दै

झापा, १९ जेठ । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ...
ne_NPNepali