Skip to main content

Purbi Garjan

विराटनगरबाट मुलुकलाई पहिलो महिला प्रधानमन्त्री

पूर्वी नेपालको औद्योगिक तथा राजनीतिक केन्द्र विराटनगरले मुलुकलाई पहिलो महिला प्रधानमन्त्री प्रदान गरेको ऐतिहासिक दिनको रूपमा हिजो
लाई चिनिएको छ। विराटनगर महानगरपालिका वडा नम्बर ११ निवासी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व सम्हाल्दै प्रधानमन्त्री पदको शपथ लिएकी छन्।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालादेखि मातृकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीसम्मको राजनीतिक यात्रा विराटनगरसँग जोडिएको छ। अब, सुशीला कार्कीको नियुक्तिले यस सहरको योगदानमा नयाँ अध्याय थपेको छ।

 

सुशीला कार्कीले धरान र विराटनगरमा वकालत पेसाबाट आफ्नो पेसागत जीवन सुरु गरेकी थिइन्। कार्की एन्ड घिमिरे ल फर्ममार्फत कानुन व्यवसायमा प्रवेश गरेकी उनले सुनसरी–मोरङ क्षेत्रकी पहिलो महिला वकिलको पहिचान बनाइन्। महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन, पञ्चायतकालीन अदालतहरूमा वकालत, र पुनरावेदन अदालतको स्थापनासँगै विराटनगरमा सक्रिय भूमिका निर्वाह गर्दै उनले वरिष्ठ अधिवक्ताको हैसियत प्राप्त गरिन्।

सर्वोच्च अदालतमा मुलुककै पहिलो महिला प्रधानन्यायाधीश बन्ने अवसर पाएकी कार्कीले न्यायप्रतिको निष्ठा, इमानदारी र निडरता मार्फत कानुनी क्षेत्रमै इतिहास रचेकी हुन्।

कार्कीको परिवार जननायक बिपी कोइरालाको परिवारसँग नजिक रहेको थियो। यही सम्बन्धका कारण उनले नेपाली कांग्रेसका नेता दुर्गाप्रसाद सुवेदीसँग विवाह गरेकी थिइन्। सामाजिक अभियन्ता रामकृष्ण आचार्यका अनुसार पूर्वी नेपालमा वकालत गर्दै हुर्केकी कार्कीले कानुनी क्षेत्रमा विशिष्ट परिचय बनाएकी थिइन्।

कार्कीको प्रधानमन्त्री नियुक्तिले विराटनगर, धरान र समग्र कोशी प्रदेशका नागरिकहरूलाई गर्वित बनाएको छ। स्थानीयवासीहरूले यसलाई महिला सशक्तीकरणको प्रतीक र सुशासनको नयाँ ढोका खुलेको रूपमा लिएका छन्। विराटनगरका बुद्धिजीवी तुलसीप्रसाद भट्टराई भन्छन्, “विराटनगर नेपाली राजनीतिक इतिहासमा कहिल्यै छुटाउन नहुने अध्याय हो। यहाँबाट पटक–पटक प्रधानमन्त्री हुनु यो सहरको योगदान र पहिचान हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali