Purbi Garjan

टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेपाल र युएई भिड्दै

काठमाडौं। नेपाल राष्ट्रिय क्रिकेट टोली ले आज यूएई राष्ट्रिय क्रिकेट टोली विरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेल खेल्दैछ।

नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदान मा आज बेलुका ५ बजे सुरु हुनेछ। यो खेल नेपालका लागि विशेष महत्वको छ, किनकि फ्लडलाइटमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलिँदैछ। साथै, दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको अवसर पनि हो।

आजको खेलमा नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरी ले सम्हाल्नेछन्। नियमित कप्तान रोहित पौडेल भने यो सिरिजमा खेल्ने छैनन् । उनी स्क्वाडमा पनि समावेश गरिएका छैनन्।

यस्तो अवस्थामा दीपेन्द्रका लागि टोलीलाई जित दिलाउँदै सिरिजको सुखद सुरुवात गर्ने चुनौती रहनेछ। नेपाल र यूएई टी–२०आईमा चिरपरिचित प्रतिस्पर्धी हुन्। हालसम्म दुई टोलीबीच ११ खेल भएका छन्, जसमा नेपालले ६ खेल जितेको छ भने यूएई ५ खेलमा विजयी भएको छ। कीर्तिपुरमा भएको एकमात्र खेल भने यूएईले आफ्नो पक्षमा पारेको थियो।

नेपाली टोलीः
दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

उद्घाटन खेलमै मेक्सिकोको दमदार जित, दक्षिण अफ्रिकामाथि २–० को विजय

उद्घाटन खेलमै मेक्सिकोको दमदार जित, दक्षिण अफ्रिकामाथि २–० को विजय

झापा । घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिको राष्ट्रिय फुटबल टोली ले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिका ...
आज सबै विद्यालय बन्द गरेर सम्मान कार्यक्रम उपस्थित हुन मेचीनगरको निर्देशन

आज सबै विद्यालय बन्द गरेर सम्मान कार्यक्रम उपस्थित हुन मेचीनगरको निर्देशन

मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक–कर्मचारी तथा विद्यार्थी सम्मान कार्यक्रमका लागि नगरभित्रका सामुदायिक, संस्थागत तथा ...

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौँ, २३ जेठ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुस...

घट्यो वर्षा, तातो लहर बढ्दै

झापा, १९ जेठ । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ...
ne_NPNepali