Skip to main content

Purbi Garjan

रुपन्देहीमा क्यासिनो छापा : १९ नेपाली जुवा खेल्दै पक्राउ

भैरहवा ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० स्थित रोयल कालिङ्गा क्यासिनोमा प्रहरीले छापा मार्दा १९ जना नेपाली नागरिक जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार राति करिब ८ बजे लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले क्यासिनोमा आकस्मिक अनुगमन तथा चेकजाँच गरेको थियो। सो क्रममा क्यासिनोभित्र नेपाली नागरिकहरू जुवा खेलिरहेको भेटिएपछि नगद तथा जुवासम्बन्धी सामग्रीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले जुवा खेलाउन संलग्न क्यासिनो व्यवस्थापन पक्षलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

पक्राउ परेकाहरू रुपन्देही, काठमाडौं, ललितपुर, गुल्मी, पर्सा लगायत विभिन्न जिल्लाका रहेको प्रहरीको भनाइ छ।
कारबाहीका क्रममा प्रहरीले नगद रु. ९५ हजार ५ सय, विभिन्न कम्पनीका १७ थान मोबाइल सेट तथा ५० थान क्यासिनो क्वाइन बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानस...
इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आयोजनामा झापाको बिर्तामोडमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । ...
भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

दमक, झापा। झापाको कमल गाउँपालिकामा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गाउँपालिका–३ बस्न...
बाहुण्डाँगी हात्ती समस्या : नेपाल–भारतका अधिकारीबीच समाधानका लागि छलफल

बाहुण्डाँगी हात्ती समस्या : नेपाल–भारतका अधिकारीबीच समाधानका लागि छलफल

प्रविण अधिकारी झापा । पछिल्लो समय पेचिलो बन्दै गएको बाहुण्डाँगी हात्ती समस्या र यसको दीर्घकालीन समाधानका लागि नेपाल–भारतका सम्बन्...
ne_NPNepali