Purbi Garjan

 देशको राजनीतिमा तीन ओटा खतरा छन्  ः सिँह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन विक्रम सिंहले अहिले देशको राजनीतिमा तीन वटा खतरा भएको बताउनुभयो । २०८० भदौ १६ गते शनिवार “यो हो टेलिभिजन” मा पत्रकार जीवराम भण्डारीसँग कुरा गर्दै वहाँले सो धारणा राख्नुभएको हो । 

महामन्त्री सिंहले भन्नुभयो,  ‘पहिलो खतरा,  प्रतिगमनको खतरा हो । त्यो राजतन्त्रको खतरा हो ।’ 

टेलिभिजन पत्रकारसँग कुरा गर्दै वहाँले बताउनुभयो, ‘नेपाली जनताले लामो समय सङ्घर्ष गरेर नेपालमा राणा शासन खतम पारे । निरङ्कुश पञ्चायती शासन खतम पारे । राजतन्त्र खतम पारे । तर प्रत्येक देशको इतिहासमा हामी यो पाउँछौँ , एक पल्ट सत्ताच्यूत भएपछि प्रतिक्रियावादी शक्तिहरू फेरि सत्तामा आउने प्रयास गरिराखेका हुन्छन् । त्यो प्रयत्न नेपालमा पनि भइराखेको छ । अहिले राजावादीहरूले सत्तामा आउन हिन्दु धर्मको आड लिइरहेका छन् ।’

 नेता सिंहले अगाडि भन्नु भयो, ‘देशमा गणतन्त्र आएको छ । धर्मनिरपेक्षता आएको छ । त्यसको रक्षाका लागि यसको पक्षमा आउने शक्तिसँग हाम्रो सहकार्य कायम भएको छ । काङ्ग्रेससँग, माओवादीसँग अहिले हामीले मोर्चा बन्दी गरेका छौँ, त्यसको मुख्य उद्देश्य राजतन्त्रको खतरा, प्रतिगमनको खतराको विरुद्ध एकताबद्ध भएर सङ्घर्ष गर्नु हो ।’

महामन्त्री सिंहले अगाडि भन्नु भयो, ‘देशमा अर्को खतरा पनि छ । त्यो राष्ट्रियतामाथिको खतरा हो । भारतीय साम्राज्यवादबाट छ त्यो खतरा । कालापानीमा उसले कब्जा गरिराखेको छ । नेपालको सिमानाका कैयौँ स्थानमा अतिक्रमण गरेको छ । मधेसलाई टुक्राउन कोसिस गरिराखेको छ । नेपालमा राजनीतिक हस्तक्षेप गरिराखेको छ । यसरी सम्पूर्ण रूपमा नेपालमाथि आफ्नो प्रभुत्व कायम गर्न प्रयत्न गरिरहेको छ । यो राष्ट्रियताको प्रश्न हो । राष्ट्रियताको प्रश्नमा हाम्रो काङ्ग्रेससँग, माओवादीसँग कार्यगत एकता हुन सकेको छैन किनभने उनीहरूले यसबारे स्पष्ट र दृढ नीति अपनाएका छैनन् ।’

तेस्रो खतरा प्रति लक्षित गर्दै वहाँले भन्नुभयो, ‘नेपालमा अमेरिकी साम्राज्यवादको खतरा गम्भीर रूपमा बढेर गएको छ । अमेरिकी साम्राज्यवादले हिन्द प्रशान्त रणनीतिभित्र नेपाललाई सामेल गरेर चीनमाथि आक्रमण गर्न नेपाली भूमिलाई उपयोग गर्नका लागि योजनाबद्ध प्रकारले काम गरिरहेको छ । पहिले अमेरिका भारतको माध्यमबाट, नेपालका राजनीतिक पार्टीको माध्यमबाट आउने गर्दथ्यो । अब त्यो सिधै आउन थालेको छ । पार्टी बनाएर आउन थालेको छ ।’

वहाँको धारणा थियो, ‘अमेरिकी साम्राज्यवादका विरुद्ध या भारतीय साम्राज्यवादका विरुद्ध काङ्ग्रेस र माओवादीसित हाम्रो कार्यगत एकता हुन सकिराखेको छैन किनकि त्यसप्रति उनीहरूको झुकाव छ । तर गणतन्त्रको प्रश्नमा, धर्मनिरपेक्षताको प्रश्नमा उनीहरूले स्पष्ट नीति अपनाइरहेका छन् अहिलेसम्म । यो स्थितिमा कम्युनिस्ट पार्टीको सिद्धान्तअनुसार आवश्यक परेको बेलामा संयुक्त मोर्चाको नीति अपनाइएको छ । त्यस कारण यो हाम्रो सैद्धान्तिक मान्यताअनुसार छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा ४ मा घण्टीको फराकिलो अग्रता

झापा, २३ फागुन । झापा–४ मा हालसम्मको मतगणनाले निकै रोचक तस्वीर देखाएको छ । ४३ हजार ९११ मत गणना भइसकेको अवस्थामा स्वतन्त्र उम्मेदवा...

झापा ५ मा बालेनको जीत, औपचारिक घोषणा मात्र बाँकी, यस्तो छ हालसम्मको मतपरिणाम

झापा, २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले जितेका छन् । औपचारिक घोषणा मात्र बाँकी रहेक...

प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान

काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ...
सशस्त्र प्रहरीद्वारा मेचीनगरबाट एकल वृद्ध पुरुषको उद्धार

सशस्त्र प्रहरीद्वारा मेचीनगरबाट एकल वृद्ध पुरुषको उद्धार

झापा । मेचीनगर नगरपालिका–१५ टुक्रे बाँधस्थित मेची नदीबाट करिब १५० मिटर पूर्व चिया बगान क्षेत्रमा टहरा बनाई बस्दै आएका एकल वृद्ध पु...
ne_NPNepali