Purbi Garjan

गृहमन्त्री लामिछाने एयरपोर्टमा ओर्लने बित्तिकै बिराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

बिराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा विद्यार्थीहरुले एउटा सरकारी गाडी जलाइदिएका छन् भने पाँचवटा गाडी तोडफोड गरेका छन् । मोरङको रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् ।

यसैगरी पाञ्चालीस्थित कन्चनजंघा पार्टी प्यालेस बाहिर पार्किङमा रोकेर राखेका पाँचवटा गाडीमा समेत तोडफोड गरिएको छ । गृहमन्त्री रबि लामिछाने विराटनगर एयरपोर्टमा उत्रिना साथ विद्यार्थीहरुले विराटनगरको शान्ति सुरक्षा कमजोर रहेको संकेत गर्दै आगजनी गरेका थिए ।

मोरङ क्याम्पस अगाडी सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को- १ झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका हुन् । प्रहरीका अनुसार बा एबी ८१८०, बागमती प्रदेश ०१–०० ञ २७०१, बा १ ञ २४१९, बा ००१ ञ २७९० र बा १ ञ १८८७ नम्बरको गाडीमा तोडफोड गरिएको छ ।

घटनामा संलग्नहरुको पहिचान गर्ने काम भईरहेको बताउँदै प्रहरीले रंगेली घटनाको कारण जोडिएपनि मनसाय गलत राखिएकोले संलग्नहरुको पहिचान गरेर कारवाहीको दायरामा ल्याईने बताएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीमा सहभागी हुन विराटनगर आएका हुन् । विमानस्थलमा उनी ओर्लनु साथ मोरङ क्याम्पसमा आगजनी र पाञ्चालीमा तोडफोड गरेर कमजोर सुरक्षा व्यवस्था रहेको संकेत दिइएको छ । स्रोत : आवर बिराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, पाँच जनाको मृत्यु

सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, पाँच जनाको मृत्यु

सुनसरी । सुनसरीको भोकाहा नरसिंह गाउँपालिका–८ स्थित कब्रिस्थान नजिक हुलाकी लोकमार्गमा मार्बल बोकेको ट्रक दुर्घटना हुँदा पाँच जनाको ...
मेचीनगरमा माघ ३ देखि पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप, १४ विद्यालयको सहभागिता

मेचीनगरमा माघ ३ देखि पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप, १४ विद्यालयको सहभागिता

मेचीनगर । विद्यार्थीहरूको प्रतिभा र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्कूलस् ब्रेन वेभ सर्कलको आयोजनामा माघ ३ गतेदेखि ५ गतेसम्म प...
झापा–५ मा राजनीतिक झट्का, सुमन सिंह अघि सार्दै माओवादी हेडक्वाटर

झापा–५ मा राजनीतिक झट्का, सुमन सिंह अघि सार्दै माओवादी हेडक्वाटर

झापा । आगामी निर्वाचनलाई लक्षित गर्दै झापा–५ मा नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिन थालेको छ। नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्व...
समुदाय विपद् व्यवस्थापन सम्बन्धी १८ दिने तालिम मेचीनगरमा सम्पन्न

समुदाय विपद् व्यवस्थापन सम्बन्धी १८ दिने तालिम मेचीनगरमा सम्पन्न

मेचीनगर, झापा । झापाको मेचीनगर नगरपालिकाको आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर–२ गण, झापाको समन्वयमा सञ्चालन गरिएको समुदाय ...
ne_NPNepali