Purbi Garjan

मेचीनगर : नीति तथा कार्यक्रमको प्राथमिकतामा शिक्षा क्षेत्र 

मेचीनगर । मेचीनगर नगरपालिकाको आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा प्राथमिकताका साथ शिक्षा क्षेत्रलाई समेटिएको छ । सोमबार प्रस्तुत गरेको प्रस्तावित बजेटमा शिक्षा सम्बन्धि २० बुँदा समावेश छन् ।

शिक्षालाई प्राथमिकता दिने प्रतिवद्धता अनुसार नगरपालिकाले शिक्षालाई सञ्चार र प्रविधिसँग जोड्ने देखि शिक्षक, कर्मचारी तथा प्रारम्भिक बाल कक्षाका सहजकर्ताको पारिश्रमिकलाई निरन्तरता दिइने उल्लेख छ । त्यस्तै विद्यालयमा शैक्षिक विकासका लागि प्रविधिमैत्री शिक्षक तालिम सञ्चालन गर्ने उल्लेख छ ।

विद्यालयका प्रअ तथा विव्यसका पदाधिकारीहरुका लागि असल अभ्यास भएका विद्यालय तथा पालिकाको अवलोकन भ्रमणको व्यवस्था गर्ने उल्लेख छ ।

त्यस्तै गुणस्तर सुधारका लागि विव्यस, शिअसं, बाल क्लब पदाधिकारी र शिक्षकहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गर्ने उल्लेख छ ।
संस्थागत र सामुदायिक विद्यालयको सिकाई आदानप्रदानका लागि शैक्षिक प्रदर्शनी कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

त्यसैगरी विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक बीच कार्यसम्पादन सम्झौता लागु गरी उत्कृष्ट हुने विद्यालयलाई पुरस्कृत गर्ने उल्लेख छ ।

यस्तो छ शिक्षा सम्बन्धि नीति

१.सामुदायिक विद्यालयका आन्तरिक स्रोतबाट पारिश्रमिक प्राप्त गर्ने शिक्षक, कर्मचारी तथा प्रारम्भिक बाल कक्षाका सहजकर्ताहरुको पारिश्रमिकलाई निरन्तरता दिइनेछ ।

२. आधारभूत तहको कक्षा ८ को अन्तिम परीक्षालाई व्यवस्थित र विश्वासनीय बनाउन परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा विश्लेषण कार्यलाई थप ब्यबस्थित गरी बिद्यार्थी मुल्यांकन प्रणालीलाई सुदृढ गरिनेछ ।

३ स्थानीय पाठ्यक्रममा आधारित “हाम्रो मेचीनगर” पाठ्यपुस्तक छपाईका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।

४ राष्ट्रपति रनिङ्ग शिल्ड लगायत विद्यालय स्तरीय खेलकूद र अतिरिक्त क्रियाकलाप प्रतियोगिता सञ्चालन कार्यलाई अझ प्रभावकारी बनाई बिद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रष्फुटन (Talent Hunt) का लागि कार्यक्रम सञ्चालन गरिनेछ ।

५. नगरपालिकाले शिक्षा दिवस र विद्यालयहरुले वार्षिक उत्सवका कार्यक्रमहरुमा शिक्षक प्रशंसा तथा सम्मान गरी योगदानको उचित कदर गरिनेछ ।

६. नेपाल सरकारबाट विद्यार्थी प्रोत्साहनका लागि सञ्चालित छात्रवृत्ति कार्यक्रमका अतिरिक्त नगरका कक्षा ११ र १२ मा अध्ययन गर्ने जेहेन्दार, विपन्न, दलित तथा लागि सहिद बिरेन राजबंशी छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ । लक्षित वर्गका विद्या

७. आधारभूत पुर्वाधारहरु निर्माण तथा सुधारमा बिशेष ध्यान। दिई सामुदायिक विद्यालयका अधुरा म थप कक्षा कोठा, शौचालय, खानेपानीको व्यवस्थापन, धर्मत तथा विद्यालयको सुन्दरता (Beautification) लागि कार्यक्रम सञ्चालन गरिनेछ ।

८. शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शि.अ.संघ, बालक्लव पदाधिका शिक्षकहरुको क्षमता विकासका लागि पुनःताजगी तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चाल गरिनेछ ।

९. सामुदायिक सिकाइ केन्द्र परिचालन मार्फत विद्यालय बाहिर रहेका बालबालिकाहरुको तथ्याङ्झ सङ्कलन गरी विद्यालय शिक्षाको दायरामा ल्याइनेछ साथै समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरुलाई त्यस्ता बालबालिकाको शिक्षाको निरन्तरता लागि संरक्षक हुन प्रोत्साहन गरिनेछ ।

१०. बिद्यालयमा Teacher Spent Time लाई सघन अनुगमनको प्रणाली अवलम्बन गरिनेछ।

११. बिद्यालय ब्यबस्थापन समिति र प्रधानाध्यापकमा कार्यसम्पादन सम्झौता लागु गरी उत्कृष्ट उपलब्धि हासिल गर्ने बिद्यालयलाई पुरस्कृत गर्ने नीति अवलम्बन गरिनेछ ।

१२. विद्यालय शिक्षालाई थप व्यवस्थित गर्न शैक्षिक पात्रो तयारी गरी बिद्यालयमा पठन पाठन हुने अवार र अतिरिक्त क्रियाकलाप संचालन हुने समय सारणीलाई सुनिश्चित गरिनेछ ।

१३. सुत्रमा आधारित कार्यसम्पादन स्वमुल्यांकन प्रणाली मार्फत विद्यालयको उपलब्धिलाई का प्रभावकारी बनाइनेछ ।

१४. बिद्यालयामा शैक्षिक बिकासका लागि सूचना तथा सञ्चार प्रविधि (ICT) कार्यक्रम विस्तार गर्न प्रविधिमैत्री शिक्षक तालिम सञ्चालन गरिनेछ ।

१५. असल अभ्यास भएका विद्यालय तथा पालिकाहरुको अवलोकन भ्रमणका लागि विद्यालयका प्र विव्यसका पदाधिकारीहरुको अनुभव आदानप्रदान र सिकाइ कार्यक्रम सञ्चालन गरिने छ।

१६. धार्मिक विद्यालयहरुको भौतिक पूर्वाधारका विकासका लागि आवश्यक ब्यबस्था गरिने छ।

१७. सामुदायिक विद्यालयको व्यवस्थापकीय सुधारका लागि थप सञ्चालन खर्च उपलब्ध गराईने छ।

१८. मेचीनगर स्काउट गतिविधि तथा बालक्लवका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ।

१९.  सामुदायिक र संस्थागत विद्यालयहरुको सिकाइ आदानप्रदानका लागि शैक्षिक प्रदर्शनी कार्यक्रम सञ्चालन गरिने छ ।

२०. विद्यार्थी संख्या ज्यादै कम भएका विद्यालयहरु समायोजन र भौगोलिक कठीनाई भएका स्थानमा गत् विद्यालय अन्तर्गत रहने गरी घुम्ती विद्यालय सञ्चालन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, पाँच जनाको मृत्यु

सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, पाँच जनाको मृत्यु

सुनसरी । सुनसरीको भोकाहा नरसिंह गाउँपालिका–८ स्थित कब्रिस्थान नजिक हुलाकी लोकमार्गमा मार्बल बोकेको ट्रक दुर्घटना हुँदा पाँच जनाको ...
मेचीनगरमा माघ ३ देखि पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप, १४ विद्यालयको सहभागिता

मेचीनगरमा माघ ३ देखि पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप, १४ विद्यालयको सहभागिता

मेचीनगर । विद्यार्थीहरूको प्रतिभा र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्कूलस् ब्रेन वेभ सर्कलको आयोजनामा माघ ३ गतेदेखि ५ गतेसम्म प...
झापा–५ मा राजनीतिक झट्का, सुमन सिंह अघि सार्दै माओवादी हेडक्वाटर

झापा–५ मा राजनीतिक झट्का, सुमन सिंह अघि सार्दै माओवादी हेडक्वाटर

झापा । आगामी निर्वाचनलाई लक्षित गर्दै झापा–५ मा नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिन थालेको छ। नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्व...
समुदाय विपद् व्यवस्थापन सम्बन्धी १८ दिने तालिम मेचीनगरमा सम्पन्न

समुदाय विपद् व्यवस्थापन सम्बन्धी १८ दिने तालिम मेचीनगरमा सम्पन्न

मेचीनगर, झापा । झापाको मेचीनगर नगरपालिकाको आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर–२ गण, झापाको समन्वयमा सञ्चालन गरिएको समुदाय ...
ne_NPNepali