Skip to main content

Purbi Garjan

होटल मेची क्राउन पुनः आफ्नै ब्रान्ड र व्यवस्थापनमा फर्कियो

मेचीनगर । झापाको मेचीनगर -८ मा सञ्चालित पुर्वकै एकमात्र डिलक्स पाँचतारे होटल मेची क्राउन पुनः आफ्नै मौलिक ब्रान्ड र व्यवस्थापनमा फर्किएको छ। यसअघि होटलको व्यवस्थापनमा भारतिय कम्पनि उडान मार्फत सञ्चालन हुँदै आएपनि केही समयको सहकार्यपछि होटलले उडानसँगको सम्झौता रद्ध गरि आफ्नै पहिचानसहित सेवा प्रवाह गर्न थालेको हो।

होटल मेची क्राउनको व्यवस्थापन टोलीले पाहुनाहरूलाई उत्कृष्ट सेवा, विलासी अनुभव, र सहज आतिथ्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। पुनः आफ्नै ब्रान्डमा फर्किएपछि होटलले गुणस्तरीय सेवा, आधुनिक सुविधा, र पाहुनाहरूको सन्तुष्टिलाई प्राथमिकता दिने जनाएको छ।

मेची क्राउन पूर्वी नेपालको एकमात्र फाइभ-स्टार डिलक्स होटल हो, जहाँ सुविधा सम्पन्न कोठा, क्यासिनो, रेष्टुरेन्ट, मिटिङ हल, तथा अन्य विलासी सेवाहरू उपलब्ध छन्। व्यवस्थापनले पाहुनाहरूलाई अझ उत्कृष्ट अनुभव दिन थप सुधार र नवीन सेवाहरू ल्याउने योजना बनाएको छ।

उडानसँगको सहकार्यले सोचेजस्तो सफलता हात नपरेको तथा पाहुनाहरुले मेची क्राउनकै मौलिक शैली मन पराएकाले उडानसँगको सम्झौता रद्ध गरिएको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

मेचीनगर।  झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रबाट भन्सार छली गरी भण्डारण गरिएको कपडा तथा कस्मेटिक सामान प्रहरीले मध्यरातमा...
हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर नगरपालिका -६ साठी बिगाहामा रहेको अरुणोदय बोर्डिङ इङलिस स्कुलको भवनभित्र सोमबार सोही विद्...
ne_NPNepali