Purbi Garjan

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष घिमिरेले दिए राजीनामा

मेचीनगर। मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च बाहुण्डाँगिका निर्वाचित अध्यक्ष निरज घिमिरेले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै राजीनामा दिएको जानकारी गराएका हुन्।

घिमिरेले स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाहअनुसार विश्राम आवश्यक परेकाले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। उनले आफू बिरामी भएका कारण हाललाई जिम्मेवारी वहन गर्न असमर्थ भएको र मञ्चको प्रभावकारी सञ्चालनमा बाधा नपरोस् भन्ने उद्देश्यले यो निर्णय लिएको बताएका छन्।

राजीनामा पत्रमा घिमिरेले भनेका छन्, “स्वास्थ्यगत कारणले जिम्मेवारी निर्वाह गर्न सक्ने अवस्था नरहेकोले अध्यक्ष पदबाट राजीनामा दिएको छु।” उनले भविष्यमा स्वास्थ्य लाभ प्राप्त गरेपछि सामाजिक काममा पुनः सक्रिय हुने विश्वाससमेत व्यक्त गरेका छन्।

उनको राजीनामाले मञ्चको आगामी नेतृत्व र कार्ययोजनामा के असर पर्छ भन्ने विषयमा चासो बढेको छ। अहिले बाहुण्डाँगीमा हात्ती पीडितहरुको आन्दोलन चर्किरहेका बेला घिमिरेले राजिनामा दिनुले स्थानीयहरु अचम्मित बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, पाँच जनाको मृत्यु

सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, पाँच जनाको मृत्यु

सुनसरी । सुनसरीको भोकाहा नरसिंह गाउँपालिका–८ स्थित कब्रिस्थान नजिक हुलाकी लोकमार्गमा मार्बल बोकेको ट्रक दुर्घटना हुँदा पाँच जनाको ...
मेचीनगरमा माघ ३ देखि पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप, १४ विद्यालयको सहभागिता

मेचीनगरमा माघ ३ देखि पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप, १४ विद्यालयको सहभागिता

मेचीनगर । विद्यार्थीहरूको प्रतिभा र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्कूलस् ब्रेन वेभ सर्कलको आयोजनामा माघ ३ गतेदेखि ५ गतेसम्म प...
झापा–५ मा राजनीतिक झट्का, सुमन सिंह अघि सार्दै माओवादी हेडक्वाटर

झापा–५ मा राजनीतिक झट्का, सुमन सिंह अघि सार्दै माओवादी हेडक्वाटर

झापा । आगामी निर्वाचनलाई लक्षित गर्दै झापा–५ मा नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिन थालेको छ। नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्व...
समुदाय विपद् व्यवस्थापन सम्बन्धी १८ दिने तालिम मेचीनगरमा सम्पन्न

समुदाय विपद् व्यवस्थापन सम्बन्धी १८ दिने तालिम मेचीनगरमा सम्पन्न

मेचीनगर, झापा । झापाको मेचीनगर नगरपालिकाको आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर–२ गण, झापाको समन्वयमा सञ्चालन गरिएको समुदाय ...
ne_NPNepali