Purbi Garjan

झापा नेशनलका विद्यार्थीद्वारा स्थानीय स्रोत प्रयोग गरी टेलिस्कोप निर्माण

Advertisement
Advertisement
Advertisement

मेचीनगर (झापा), — झापाको मेचीनगर-७ स्थित झापा नेशनल स्कुलका विद्यार्थीहरूले स्थानीय स्रोत साधन प्रयोग गर्दै टेलिस्कोप निर्माण गरेका छन्। विज्ञानमा रुचि राख्ने कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको टोलीले विद्यालयको प्राविधिक सहयोगमा यो टेलिस्कोप तयार पारेका हुन्।

विद्यालयका प्रधानाध्यापक कमल भेट्वाल र शिक्षकहरूको प्रेरणा एवं सहकार्यमा तयार गरिएको उक्त टेलिस्कोप निर्माणमा लेन्स, पाइप, माउन्ट लगायतका सामग्री स्थानीय रूपमा संकलन गरिएका थिए।

विद्यालयका को-अर्डिनेटर अनुप सुवेदीका अनुसार विद्यार्थीहरूले बनाएको टेलिस्कोपले रातको समयमा चन्द्रमा तथा ताराहरूको अवलोकन गर्न सक्ने क्षमता राख्दछ। उनले यस कार्यले विद्यार्थीहरूमा वैज्ञानिक सोचको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको बताए।

बिहीबार विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत विद्यार्थीहरूले आफैंले निर्माण गरेको टेलिस्कोप सार्वजनिक रुपमा प्रदर्शन गरेका थिए। निर्माण कार्यमा विशेष योगदान दिने कक्षा ९ का निर्देश ढुङ्गाना, हार्दिक कट्टेल र एन्जिला आचार्यले पहिलोपटक टेलिस्कोपबाट चन्द्रमा हेर्दा अत्यन्त उत्साहित भएको बताएका छन्।

“हामीले बनाएको टेलिस्कोपबाट चन्द्रमा हेर्दा निकै खुसी लाग्यो। यसमार्फत सौर्यमण्डलका अन्य ग्रहहरूबारे पनि बुझ्ने लक्ष्य छ,” उनीहरूले भने।

प्रधानाध्यापक भेट्वालले आगामी दिनमा यस्ता सिर्जनात्मक परियोजनालाई अझ विस्तार गर्दै जाने र विद्यार्थीहरूको क्षमता अनुसार विद्यालयले निरन्तर सहयोग गर्ने बताए। उनले निर्माण गरिएको टेलिस्कोपलाई नेकपा एमाले प्रदेश कमिटीद्वारा शनिबारदेखि आयोजना गरिने विज्ञान प्रदर्शनीमा पनि सहभागी गराइने जानकारी दिए।

उल्लेखनीय छ, झापा नेशनल स्कुलले यसअघि रोबोटिक्स फेस्टीभलमा समेत सहभागिता जनाइसकेको छ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

झापामा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

झापा । झापाको झापा गाउँपालिका–१ सुडुखुट्टुस्थित क्षेत्रबाट लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। आज दिउँसो ३ बजे ई...
झापामा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, आमा–छोरा गम्भीर घाइते

झापामा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, आमा–छोरा गम्भीर घाइते

झापा । झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आमा–छोरा गम्भीर घाइते भएका छन्। ...
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट टावर आइपुग्यो, छिट्टै जडान हुने

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट टावर आइपुग्यो, छिट्टै जडान हुने

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढिरह...
अर्जुनधारामा सामूहिक कुटपिटबाट महिलाको मृत्यु, पाँच जना पक्राउ

अर्जुनधारामा सामूहिक कुटपिटबाट महिलाको मृत्यु, पाँच जना पक्राउ

झापा । झापाको अर्जुनधारा नगरपालिकामा सामूहिक कुटपिटका कारण एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा–८ स्थित नयाँ खसी बजा...