Purbi Garjan

झापामा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

झापा । झापाको झापा गाउँपालिका–१ सुडुखुट्टुस्थित क्षेत्रबाट लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

आज दिउँसो ३ बजे ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको गस्ती टोलीले भारत बिहार राज्य, किसनगंज जिल्लाको सिंगिमारी पञ्चायत वडा नं. ५ निवासी ६० वर्षीय गबरी साहलाई पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका साहलाई शंका लागेपछि प्रहरीले जाँच गर्दा उनी लगाएको ट्रयाक सुटको बायाँ साइडको गोजीमा लुकाइछिपाई ल्याएको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने लिसिलो खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थ प्लास्टिकमा प्याक गरिएको अवस्थामा १०१ ग्राम ६३ मिलिग्राम तौलमा बरामद गरिएको हो।

पक्राउ परेका साहलाई साइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

उद्घाटन खेलमै मेक्सिकोको दमदार जित, दक्षिण अफ्रिकामाथि २–० को विजय

उद्घाटन खेलमै मेक्सिकोको दमदार जित, दक्षिण अफ्रिकामाथि २–० को विजय

झापा । घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिको राष्ट्रिय फुटबल टोली ले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिका ...
आज सबै विद्यालय बन्द गरेर सम्मान कार्यक्रम उपस्थित हुन मेचीनगरको निर्देशन

आज सबै विद्यालय बन्द गरेर सम्मान कार्यक्रम उपस्थित हुन मेचीनगरको निर्देशन

मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक–कर्मचारी तथा विद्यार्थी सम्मान कार्यक्रमका लागि नगरभित्रका सामुदायिक, संस्थागत तथा ...

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौँ, २३ जेठ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुस...

घट्यो वर्षा, तातो लहर बढ्दै

झापा, १९ जेठ । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ...
ne_NPNepali