तिहारको रौनक: जनवादी गीत बजाउँदै पुर्वमा विप्लवका नेताकार्यकर्ता जनताको घरदैलोमा

मेची ब्युरोको आयोजनामा ” सांस्कृतिक जागरण अभियान ” सञ्चालन
प्रविण अधिकारी
झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले सामाजिक सद्धभाव र एकता कायम राख्न, राष्ट्रिय स्वाधिनताको रक्षार्थ नागरिकहरुलाइ जागरित गर्न र अधिकार सम्पन्न बनाउदै जनजिविका संग संम्बन्धित तमाम समस्याहरुबाट मुक्त हुने जागरण पैदा गराउन “जनवादी सांस्कृतिक जागरण अभियान” शुरु गरेको छ।

ब्युरोका इन्चार्ज सुमनसिंह सीले उद्घाटन गरेको जनवादी सांस्कृतिक अभियान जनताको घरदैलोमा – २०८० मा झापा ,इलाम र पाँचथरका विभिन्न संघसंस्था , जनताको घरदैलोमा पुग्ने भएकाले यस चाडपर्व बिशेष समय २०८० कार्तिकमा प्रस्तुत हुने यो अभियानको निरन्तर बिकास र प्रगतिको निम्ति आर्थिक, भौतिक, नैतिक सहित महत्वपुर्ण सहयोग गरिदिन अनुरोध गरेका छन्,।

ब्युरो अन्तर्गतका तीन जिल्लामा अहिले प्रगतिशील देउसी भैलो कार्यक्रम सञ्चालन भैरहेको छ। यो अभियान यो देशको आमुल रुपान्तरण गर्ने सपना संग जोडिएको हुनाले यो सबैको साझा अभियान रहेको र सबैले खुल्ला र फराकिलो दिलले जनतालाइ जागरित गर्ने उदेश्यलाइ सफल पार्न सबै अग्रसर हुनुपर्ने पश्चिम झापाका इन्चार्ज एवम् कार्यक्रम संयोजक सञ्जय सीले बताए ।

मेची ब्युरोको उक्त जनवादी सांस्कृतिक कार्यक्रममा चर्चित जनवादी गीत रातो लाल्टिन, आगोसँग खेल्ने बेला भो, चमचम गर्ने खुकुरी साँध लाउने बेला भो, चाहिँदैन चाहिँदैन एमसिसी चाहिँदैन लगायतका गीतहरु बजिरहेका छन्,।