शोभराज बराल
काठमाडौं
– क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य कान्छाराम तामाङसहित १ सय नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । शनिबार काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिस्टहरुको ध्रविकरण र एकीकरण कार्यक्रममा उनीहरु नेकपामा समाहित भएका हुन् ।

नेकपा महासचिव विप्लवले उनीहरुलाई माला र अविरले सम्मान गर्दै पार्टीमा समाहित गरेका हुन् । कार्यक्रममा बाबुराम भट्टराई नेतृत्वको नेकपा समाजवादी पार्टीका नेता तथा जनमुक्ती सेनाका पूर्व डिभिजन भिसी कुबेर पनि नेकपामा समाहित भएका थिए ।

नेकपामा ध्रुविकृत भएका सबैलाई उचित जिम्मेवारी दिने बताइएको छ ।  

Facebook Comments Box