नेपाली सर्च इन्जिन प्रालि झापा BDM मा पत्रकार शिशिर चौलागाईं नियुक्त

विर्तामोड । नेपाली सर्च इन्जिन प्रालि झापाको बिडिएममा ( business development manager) युवा पत्रकार शिशिर चौलागाईं नियुक्त भएका छन्,। आज सोमबार उक्त कम्पनी ले झापा बिडिएममा शिशिर चौलागाईंलाई नियुक्त गरिएको जानकारी दिएको छ। नेपालमा ईन्टरनेटको सहजीकरण सङ्गै आइटी कम्पनीहरुको विकास हुँदै जाने क्रममा उक्त कम्पनी शुरूवात भएको हो । प्रायः नेपालमा गुगल , फेसबुक, टिकटक र इन्स्टाग्रामको माध्यम बाट नयाँ कुराहरू खोजी गरिन्छ यी सवै बिदेशी लगानीका कम्पनीहरु हुन्,। त्यसैले सहजरूपमा सेवा सुविधा लिन निकै कठिनाइ हुनुको साथै नेपालबाट बाहिरिने ठूलो रकम रोक्ने उदेश्य सहित कम्पनिको स्थापना गरिएको कम्पनी ले जनाएको छ । अहिले हरेक देशमा आफ्ना सर्च इन्जिन छन्, अब नेपाल र नेपालिको आफ्नै देशको सर्च इन्जिन बनाउने उदेश्यराखी नेपाली सर्च इन्जिन प्रा. लि.को शुरूवात भएको कम्पनीले जानकारी दिएको छ ।
सूचना तथा सञ्चारको क्षेत्रमा विश्वले फड्को मार्दै गर्दा धेरै नेपाली संघ-संस्थाहरु अझै पनि त्यसको पहुँच भन्दा बाहिर रहेका छन्,। नेपाल भित्र रहेका सबै संघ-सस्थालाई एउटै नेटवर्क भित्र समावेश गर्ने उद्देश्यका साथ नेपाली सर्च इन्जिन प्रा.लि. को स्थापना गरिएको पत्रकार चौलागाईंले जानकारी दिए । नेपालका सम्पुर्ण संघ संस्थाहरु , ब्यवसायहरुलाई अनलाइनको माध्यम बाट एउटै ठाउँमा सजिलोसँग जानकारी लिन सक्ने गरि अहिले नेपाली सर्च इन्जिनले आफ्नो कार्यलाई तीब्र रुपमा अगाडि बढाएको छ ।
नेपाली सर्च इन्जिनमा विभिन्न संघ-सस्थाको जानकारी तथा सेवा सुविधाको बारेमा जानकारी लिन सकिन्छ । सूचना तथा सञ्चारको युगलाई अझै छिटो र छरितो बनाइ नेपाली बजारको सेवा र जानकारी लिनका लागि नेपाली सर्च इन्जिन सबैको रोजाइ बन्दै जाने कम्पनीको विश्वास छ । कम्पनी स्थापनाको शुरूवातमा यो बिषयमा बजारमा बुझाउन गार्हो भएपनी पछिल्लो समयमा सबै ब्यवसायिहरुको रोजाइमा पर्न सकेको र छिटोभन्दा छिटो नेपालको पहिलो सर्च इन्जिनको रुपमा wwww.nepalisearchengine.com आकर्षक हुने दावी कम्पनीले गरेको छ ।

अहिले वेबसाईटको माध्यमबाट सेवा सुरु गरेको र नेपाली सर्च इन्जिनको मोबाइल एप्लिकेसन छिटोभन्दा छिटो बजारमा आउने कुरा कम्पनीले जनाएको छ l नेपाली बजारमा आइटी कम्पनीहरुको विस्तार हुँदै गर्दा फरक खालको सेवाहरु दिने नेपाली सर्च इन्जिन नेपालकै पहिलो कम्पनी रहेको कम्पनीको दावी छ ।
नेपाली सर्च इन्जिनले आफ्नो सेवाहरु रुपन्देहीबाट शुरु गरेको र आफ्नो सेवाहरुलाई हाल चितवन , काठमाडौ , दाङ, पोखरा , नवलपरासी, नवलपुर , सुर्खेत , स्याङ्जा , अर्घाखाँची , कपिलवस्तु बाट समेत दिइरहेको छ । आगामी वर्षभित्रै देशभर सेवा बिस्तार गर्ने उद्देश्य राखेको कम्पनीले पुर्वमा झापाबाट यो सेवा शुरु गरेको पत्रकार शिशिर चौलागाईंले बताए । नेपालभर सयौँलाई रोजगारी समेत दिने योजना कम्पनीको रहेको र नेपाली सर्च इन्जिनमा सबै संस्थाको जानकारी र सेवाको बारेमा आफुलाई जुन स्थानिय तहमा आवश्यकता भयो त्यही स्थानीय तहमा आवश्यकता अनुसारको विवरण www.nepalisearchengine.com भित्र सर्च गरि खोज्न सकिने कुरा कम्पनीले जनाएको छ ।
नेपाली सर्च इन्जिनले नेपालभर संचालनमा रहेका सम्पुर्ण पसल संघ संस्था, ब्यवसाय, उद्योगहरु तथा ब्यवसायिक ब्यक्तिहरुको सम्पूर्ण जानकारी सहित अनलाइन ब्यवसायिक प्रोफाइल न्युनतम शुल्कमा बनाइ व्यवसायको प्रवर्द्धन,बिस्तार र प्रचारप्रसार गर्ने गरेको छ । नेपाली सर्च इन्जिनको सहयोगमा आफ्नो उत्पादनहरुलाई अनलाइनको माध्यमबाट सहजरूपमा बिक्रीवितरण गर्ने , होटल बुकिङ्ग सेवा उपलब्ध गराउने , हस्पिटल र क्लिनीकका डाक्टरहरुको Appointment लिन सकिने , स्कुल तथा क्याम्पसमा अनलाइन बाट नै भर्ना गर्न सकिने ब्यवस्था , जागीर खोज्ने र दिने बिचमा समन्वय गराइने , सेकेन्ड ह्यान्ड बजारीकरण र घरजग्गा बिक्री तथा भाडामा लिनेदिने सुबिधा रहेको र आगामी दिनहरूमा सुविधाहरुलाई पनि विस्तार गर्दै जाने कम्पनीको योजना रहेको छ ।