-सुमनसिंह (यो संस्मरण ०७२ मा तयार भएको हो) 

मेरो ख्यालमा त्यो २०५६ साल थियो । म ११ बर्सको उमेरमा गांउको स्कुल त्यसबेलाको श्री भानु निमाबिमा कक्षा ६ मा पढ्दै थिए । बिधालयको उत्कृस्ट छात्र मध्येको थिए म । त्यतिबेला मैले पढ्दै गरेको कक्षामा संस्कृत किताब पढ्नु पर्थ्यो । माओबादी आन्दोलनको प्रभाब सुरु भएको त्यो समय म माओबादी भन्ने बित्तिकै हुरुक्क भएर आकर्सित हुन्थे । भाटे कार्बाही- जुवाडे तासे, जड्याहा, दलाहा मिचाहा हरुमाथिको निरन्तर कार्बाहिले मेरो कलिलो दिमागको ध्यान खिचेको थियो । कम्युनिस्ट आन्दोलनको चर्चा-परिचर्चा भैरहने आफ्नो घरको वातावरणले पनि मलाई माओवादि आन्दोलन प्रतिको झुकाव, आकर्षण र सामिप्यतालाई मलजल गरेको थियो । 

मेरो ख्यालमा म सामन्यत: अरु दौंतरी भन्दा भिन्न रहेछु । अर्थात म आफुभन्दा ठुला युवा दाईहरुको समिप्यता त्यतिबेला रुचाउथे । म आफू भन्दा ठुला दाईहरु संग हिंड्ने, बस्ने र संगत गर्ने गर्थे । बुवा एमालेको कार्यकर्ता र सामाजिक सेवामा खटिएको ब्यक्ती भएकोले घरमा नेता कार्यकर्ता र राजनिती बुझेका हरुको आउने जाने भै रहन्थ्यो । बुवाहरुको छेउमा बसेर आउने जाने नेताहरुको गफगाफ सुन्नु मेरो बच्चै देखिको काम हुन्थ्यो । बुवा संमसदिय ब्यबस्थालाइ ‘खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो’ भन्नु हुन्थ्यो । त्यो खसी र कुकुर सब्द मेरो कलिलो दिमागमा गडेको थियो । मलाई यो खसी र कुकुरवाला वाक्यले धेरै समय गहिरो जिज्ञासामा धकेलिरह्यो । मैले यसको परिभाषा राम्रो संग गर्न नसकेपनी म त्यसै भन्दै हिड्ने गर्थे । मेरो स्मरणमा यि कुराहरु ताजै छन । 

माओबादी बन्ने हुटहुटी सहितको सपना थियो त्यो ११ बर्से कलिलो दिमागमा । म संस्कृत बिसयको उत्तर पुस्तिका जलाएर माओबादी बनिसकेछु । मिति याद छैन तर भोली पल्ट हामिले संस्कृत बिसयको परिक्षा दिदैं थियौं । तत्कालिन अखिल क्रान्तिकारिका केन्द्रीय सदस्य (हाल बेपत्ता) कटक साम्पाङ सग परिक्षाको अघिल्लो दिन भेट भयो । मलाइ गाउकै केहि पार्टिका दाइहरुले भेट गराउनु भयो र अखिल क्रान्तिकारिमा संगठित गर्नु भयो । स्कुल भर्खरै प्राबिबाट निमाबी भएको हुनाले कक्षा ६ नै स्कुलको सबैभन्दा ठूलो तह थियो । म संगठनको स्कुल इकाइ अधक्ष भए । र, कटक दाईले भोली पल्ट संस्कृत विषयको उत्तर पुस्तिका जलाउने कार्यक्रम छ भन्नु भयो ।  सोहि अनुरुप भोली पल्ट मेरो नेतृत्वमा  स्कुलमा गएर आंफैलाई पढाउने शिक्षकहरुसंग उत्तरपुस्तिका माग्यौं अनि चौरिमा ल्याएर उत्तर पुस्तिकाको थुप्रोमा आगो लगायौं । उत्तर पुस्तिका माग्दा शिक्षकहरुले सहजै दिएको, जलाउन प्रोत्साहित गरेको र त्यसको नेतृत्व आंफैले गर्दा त्यसबेला मलाई अनौठो अनुभूति भएको थियो ।  यसरी नै म औपचारिक रुपमा माओबादी बनिसकेको रहेछु ।

तर, अझै मलाइ माओबादी भएको छु जस्तो लाग्दैन थियो । समाचार दिनैजसो सुन्थ्यौं, दिनहु जसो ठुला ठुला भिडन्त र बलिदानका समाचारहरु आईरहन्थ्यो । समाचार र गतिबिधिको प्रभावले माओबादीले पुलिस संग भिडन्त गर्नु पर्छ, दुश्मन लाइ मार्नु पर्छ भन्ने मनोभाव म मा थियो तर म उमेरको कारण त्यो अबस्थामा थिइन । समय क्रमले म गांउका अग्रज दाजु हरुको सामिप्यता सगै खबरिया र प्रचार प्रशारको सहयोगिको भुमिकामा भने सदैब रहंदै आए । गांउमा हुने रात्री कामहरुमा मेरो भुमिका रह्यो । मलाई अराईएका धेरै कामहरु सानै उमेर भए पनि निक्कै बिबेकपुर्ण तरिकाले गर्ने गर्थे, आज म यसरी सम्झछु त्यो समय ।

मेरो स्मरणमा त्यसबेला हाम्रो गाउँ पार्टिको लाल किल्ला थियो । तुलसी नेपाल र कान्छा लाओती २ जना दाइहरु मलाइ असाध्यै मन पर्थ्यो । आज यी दुई दाइहरु एकजना केपि प्रचण्ड पार्टिको इलाम सचिब छन, अर्का दाइ संग सम्पर्क छैन । त्यो केटाकेटी दिमाग यि २ जनाबाट अलि बढी प्रभाबित थियो । उसोत महमाईका आशिष दाई जो सहिद बन्नु भयो उहाँ धेरै समय आंउदाजांदा  म संग सुत्ने भएको कारण उंहाबाट पनि प्रभावित थियो । म गांउकै हिमाल दाई उहाँ पनि सहिद बन्नु भयो उहाँ बाटपनि प्रभावित थिंए । कटक दाई संग छोटो भेट भएपनी त्यसबेला उंहाको कुराले मलाई खिचेको थियो । कहिलेकांही दमक हिमाबिमा धिरेन्द्र बस्नेतको तार्किक भासण पनि सुन्थ्यौं , उंहाँ बेपत्ता हुनुभयो । यस्तै थुप्रै पात्रहरु हुनुहुन्छ देखेका भेटेका  र सुनेका । त्यसबेला सुनेकै पात्रहरु बारेपनि दिमागि कल्पना गर्थे र रोमान्चित बन्दै प्रभावित बन्ने गर्थे । 

झापा र इलाम लगायत बिभिन्न ठांउका माओबादी नेताहरुको मुख्य सेल्टर थियो हाम्रो गाउँ चुलाली बुकुवा । पार्टिका धेरै नेताहरुको सेल्टर बनेको थियो हाम्रो घर । म सेल्टर लिन आउने नेताहरु संग संभव भएसम्म सुत्ने गर्थे र जिंज्ञासु भएर मेरा बाल मानस्पटलका जिज्ञासाहरु तेर्साउने गर्थे । यसो गर्दा गर्दै पार्टि संगको आत्मियता मेरो मुटु र कलेजो संगको सम्बन्ध जस्तो बनेको थियो । अर्थात त्यसबेलाको मेरो दिमागले माओबादी आन्दोलनको प्रभाव – बिस्तार र गतिबिधी भन्दा अरु बिसयमा ध्यानै दिन सकेको थिएन ।

त्यस्तै १२/१३ बर्सको थिए, चुलाचुलिको बन रेन्जर पोस्ट जलाउने कार्यक्रम थियो । मलाइ त दुश्मन मार्ने खालको माओबादी बन्नु थियो । केटाकेटी छौ नजाउ तिमि भनेर ठुला दाइहरुले भन्दा भन्दै म जिद्दी भएर त्यो कार्यक्रममा सहभागि भए । आगो भन्दा पानी भन्नु है भन्ने कोड भासा थियो । म निक्कै आक्रमक रुपमा प्रस्तुत भएको थिंए त्यो बेला । म त्यो कार्यलय भित्र छिरेर डण्डिले जता पायो त्यतै हिर्काउदै तोडफोड गर्दै थिए । त्यंहा टेवल, फर्निचर लगायतका स्टेसनरी संग सम्बन्धित बस्तुहरु थिए । त्यो कार्यलय जलाएर ध्वस्त गर्यौं । फर्केर कोण सभा भयो कोण सभामा २ राउण्ड हवाइ फायरिङ भयो । 

अर्को पटक बार्हगोठेमा प्रहरी चौकी जलाउनु थियो । फुच्चे केटाकेटि नै भएको र त्यो अलि टाढा भएको कारण मेरो चाहना पुरा हुन सकेन । मलाइ बिच बाटोबाटै फर्काए दाइहरुले । मलाइ जान रोक लगाइयो, म बिधुवा खोला सम्म गएर फर्किनु पर्यो । मेरो मन निक्कै दुख्यो त्यति बेला । यसरी म भित्र माओबादी निरन्तर हुर्कदैं गयो । मैले चिनेका र म संगै सुतेका धेरै दाइहरुको शाहदत भयो । शाहदत भएको खबर समाचारबाट सुन्दा धेरै पटक रोएको छु । न रोऔं पनि कसरी ? म माओबादी र माओबादिका नेता कार्यकर्ताहरुलाइ आफ्नै परिवार ठान्थे र हाम्रो जिवन यहि आन्दोलनमा अडेको छ जस्तो लाग्थ्यो । गांउमा भएका जन मिलिशियाका  तालिमहरु हेर्नु, सहभागि हुनु, भित्ते लेखनमा सहभागि हुनु, रातभरि अपिल पर्चा छर्नु , शाहि सेना र प्रहरि आएको खबर पुर्याउनु, सेल्टर सम्म लिएर जानु, ओहो ! यस्तो काम त म एकदम मज्जाले र भरपर्दो तरिकाले गर्ने गर्थे । 

यस्तै यस्तै गर्दा गर्दै संकटकाल लाग्यो । गाउँ बाट सबै युवाहरु हराए । कोहि परदेश लागे, कोहि पुर्णकालिन भएर भुमिगत भए । गांउमा शाही सेना र प्रतिकार समितिले दुख दिन थाले । एक रात झापाका लखन दाइ र ध्रुब उहाहरु गांउकै चन्द्र लिम्बु हिमाल दाइ संग आउनु भयो । चन्द्र लिम्बु हिमाल र लखन अर्कै घरमा सेल्टर लिन जानु भयो । ध्रुब र दमन दाइ हाम्रै घरमा रहनु भयो । त्यतिबेला शाही सेना कांइयो अप्रेशन चलाउदै थियो । हाम्रो गांउको होनाहार चन्द्र लिम्बु हिमाललाइ त्यही रात गोलि हानेर शाहि सेनाले मार्यो । लखन उम्कन सफल हुनु भयो । उंहाले सेनाको घेरा तोडेर भाग्दै गर्दा, लगाएको सबै कपडा खोलाको बगरमा छोड्नुभएछ । उंहाले फुकालेर फ्यांकेको निलो कलरको कपडाको पैन्ट सर्ट र गोजिमा रहेको २ थान गोलि अहिलेपनी सम्झना आउँछ । केहि पछि अर्कै स्थानमा उंहाको पनि शाहदत भयो । 

हाम्रो घरमा सेल्टर लिने ध्रुब दाईलाईलाइ त्यो शाहिसेनाको घेरा बाट उम्काउन मेरो निक्कै ठुलो भुमिका थियो । मैले निक्कै मिहेनत र बुद्धि लगाएर सिमलघारी, रहहरी दालको झ्याल, खोला खोल्सी हुँदै एउटा पोइन्ट सम्म पुर्याएको थिए ।  तर पछि उहाको पनि शाहदत भयो । इलामको टेक बहादुर एक्तेन ‘आसिस’ दाइ केहि अघि म सगैं सुतेर छुट्नु भयो तर उंहालाइ पनि शाहिसेनाले घर घेरा हाली कायरता पुर्बक हत्या गर्यो । त्यो बेला यस्तै समाचार र घटनाहरुले मेरो बाल दिमाग पटक पटक क्ष्यत बिक्ष्यत बन्दै उद्वेलित हुंदै थियो । लाग्थ्यो हमला मै तिर सोझिएको छ । निक्कै बेचैन हुन्थे म ती समाचार हरुले । प्रतिकार समितिको प्रमुख मारिंदा यसले पनि सहयोग गर्यो भनेर मेरो घर घेर्न आएको र मलाइ  परिवारले दुई हप्ता सम्म भगाएर बाहिर राख्नु परेको थियो । 

एक पटक इलामका सुर्यबाला राइ उंहाको श्रीमतीको उपचारको लागी दमक आउनु भयो । उहा मेरै बुवाको समकालिन हुनुहुन्थ्यो । त्यसैले मेरो बुवाको सम्पर्कमा आउनु भयो । उंहाहरु आएको सुइको पाएर प्रतिकार समिती र सशस्त्र प्रहरि आयो ,त्यो बेला घर नजिकैको होलि होलि कुदाएर जोगाउन सफल भए । यो दिंउसैको घटना थियो ।  उंहा आज ए माओबादीको इलाम बाट समानुपतिक सभासद हुनुहुन्छ । हाम्रो घरमा सेल्टर लिएर म संगै रात बिताएका देबेन्द्र अधिकारी , धिरेन चेम्जोङ हरु पनि मारिनु भयो । धेरैले जेल जिवन बिताउनु भयो । कोहि घाइते हुनु भएको छ । 

संकटकाल भन्दा अलिकती अगाडि हुनुपर्छ । तिवारमा पार्टिले  देउसेनाच हिंडायो । दमकको ढुकुरपानी, दुम्से लगायतका क्षेत्रहरुमा त्यो नाच हिंड्यो । गांउका सबै युवा युवतिहरु पार्टिकै काममा हिंडेका थिए । एकदमै कलिलो उमेर भएपनि निक्कै रात त्यो देउसे नाचमा सेन्ट्री बस्दा, पुलिस आर्मिले खेदो गरेको जासुस गर्दा र रात भरि अनिदो आंखाहरुले जनबादी गित र नृत्यको साथमा यात्रा गर्दाका अनुभुतिहरु स्मरण गर्न लाएक छन । म एकपटक त्यही बचपनामा घर छोडेर पुर्णकालिन हुनलाई निस्किए पार्टिको सम्पर्कमा पुगे तर गांउकै दाईहरुले अहिले गांउमै पढ्दै सहयोग गर्नु भनेर फर्काउने काम गरे । र, गांउमै काम गर्यौं हामिले । उसो त प्रतिकार समिती संग भएका झडप, लंडाई र वार्ता । अपहरण, विभिन्न खालका तालिम, मिटिङ्ग बैठक, नेताहरुको आवत जावत, भित्ते पत्रीका, लेख रचना, पुस्तक, पत्रीका भासण  यस्ता थुप्रै कुराहरु मेरो दिमागमा ताजा छन । कतिपयमा म आंफै सहभागी भए, कतिमा सहयोगी भुमिका निर्वाह गरियो । हिमाबी स्कुल पढ्दा बेलडांगी शसस्त्र प्रहरिको चेकपोस्टमा माओत्सेतुङको रचना भएको किताब झोलामा भेट्दा सताएको । एसएलसिको तयारी गर्ने समयमा आर्मिले कोठाबाट निकालेर रातभरी स्कुलको चौरिमा राखेको । प्रतिकार समितिको नाईकेलाई पार्टिले सफाया गरेपछी उनका कार्यकर्ताले ‘हिमाल’ म्यागाजिनमा छापिएको रिपोर्ट्मा भएको फोटो पार्टिलाई दियो भन्ने आरोप लगाएर घरमै आएर घर छोड्न बाध्य बनाउंदाको क्षण । भित्ते पत्रीकामा लेखेको मेरो कविता पढेर शसस्त्रले घरमा आएर हैरान पारेको क्षण । यस्ता थुप्रै छिटपुट घटना दिमागमा ताजा छन । मैले जति गरे, जे गरें डुबेर गरें….. समर्पित भएर गरें । 

म बिधार्थी सगठनमा काम गर्थें । पार्टिलाई स्थानिय स्तरबाट सहयोग गर्थें । त्यतिबेला धेरै होनाहार योद्धाहरु मारिदा जेल पर्दाका धेरै अनुभुतिहरुले मलाइ अहिले पनि तंरगित बनाउने गर्छन ।

आखिर के थियो सपनार ?  किन ति योद्धाहरुको हत्या भयो ? योद्धाहरुले किन मर्न हिम्मत गरे ? किन सपनाहरुको हत्या गरियो ? किन धोका भयो ? यस्ता अनेकौ प्रश्नहरुको भुङ्ग्रोमा भकभकी उम्लिरहेको मेरो यो जिवनले थाक्न र हार्न मानेको छैन । शहिद हरुको पक्तिंमा आंफुलाई उभ्याउने प्रण गरेको छु । उमेर छिप्पिंदैछ, घर परिवारका कयौं मर्माहत समस्याहरु थांती राखेर हजारौ महान छोराछोरिले देखेको सपनाको बाटो हिडिरहने संकल्प लिएको छु मैले ।

शान्ती प्रकृया पछि म पार्टिकै सल्लाहमा केही समय बिदेशमा रहें । त्यंहा पनि पार्टिको काम गरे । संगठनको महासचिबको जिम्मेवारी पनि पूरा गरे । मैले मोहन बैधको संघर्षको दर्शन कण्ठ बनाएको थिए । तर, त्यसलाई बुझ्ने र बोध गर्ने स्तर बनिसकेको थिएन । मालिकको काम गर्दा नै हो मैले मोहन बैधको संघर्सको दर्शनलाई ब्यवहारमा बुझेको र म भित्र दार्शनिक आधारमा मालेमावादी दृस्टिकोण निर्माण भएको, वास्तवमा त्यो समय मेरो जिवनको सबैभन्दा महत्वपूर्ण समय थियो अर्थात त्यो मेरो शिक्षालय थियो । पार्टिमा देखिएको संसोधनवादी कित्ता र क्रान्तिकारी कित्ता बिचको हरेक संघर्षमा संधै क्रान्तिकारी कित्तामा उभ्याउंदै ल्याउन पनि आंफुमा अन्तर्निहित यहि दृस्टिकोणले महत्वपूर्ण काम गरेको छ । मैले थाहा पाएदेखी आंफुलाई निरन्तर एकैछिन विश्राम नगरी, बिचलित नबनी,  क्रान्तिकारिहरुको पंक्तिमा आंफुलाई उभ्याउदै आएको छु ।

अविचलित सतिशाल झै आफुलाइ उभ्याउने प्रयत्नमा पार्टी महासचिब बिप्लब कामरेडको एकिकृत जनक्रान्ती कोसेढुङा साबित हुने छ मैले यहि बुझेको छु । ईलाममा हामिले पत्याएका र मानेका थुप्रै शिखरहरु क्रान्तिको बाटोमा टिक्न सकेनन । संसदवादको चास्नी चाट्न गए वा विषयलाई ठिक तरिकाले बुझ्न नसकेर भ्रमित बनेर गोलचक्करमा फंसे । हामी साना साना फुच्छेहरुले आंफुले थेग्नै नसक्ने अभिभाराहरु पूरा गर्न हिम्मत गर्नै पर्ने स्थिती बन्न पुग्यो । पार्टिले  नेपालि समाजका खास बिसेसता र अन्तर्बिरोधको मिहिन अध्यन गरेर नेपालमा बिधमान दलाल पुजिबाद बिरुद्ध परिलक्षित रहि जुन संघर्सको उठान गर्न खोजेको छ यसले नेपाली जनयुद्धमा होनाहार छोराछोरिले बगाएको रगत र देखेको सपना पुरा गरि छाड्ने छ । मलाई यो कुरा प्रती पुर्ण बिश्वास छ र यो बिश्वासलाई क्रान्तिले दिएको जिम्मेवारी पूरा गर्ने बिशिस्ट उचाईमा उठाउने हाम्रो प्रयत्न सदैब रहने छ । 

दलाल हरुले चलाएको र टिकाएको सत्ताले यस्तो असमानता सृजना गरेको छ कि यहा निस्ठाले जिउन चाहाने इमान्दार हरु बिदेशिको नोकर हुनु परेको छ । दलाल फटाहा र गुण्डाहरुको बोलवाला छ । सामाजिक बिभेद, छुवाछुत, उपेक्षाको शिकार बनेका नेपालका दलित हरु यो जमानामा पनि मान्छे हुन पाएका छैनन । आदिबासी जनजाती महिला हरु प्रती राज्य र समाजले गरेको बिभेद सहिनसक्नुको छ । किसानहरुको स्थिती अत्यन्तै कमजोर बन्न पुगेको छ । मजदुरहरु यंहाका ठेकेदार र मालिकका गुलाम बन्नु परेको छ । युवा र बिधार्थिहरु खरिद बिक्री गरिने बस्तु बन्नु पर्ने कृतिम स्थिती सृजना गरिएको छ । यो अंध्यारो सायद हिजो मर्ने र मारिने शहिदहरुले पनि देख्न पाएनन । भोग्न पाएनन ।

यधपी हामी बाध्य छौ यो स्थितिको सामना गर्न । तर बाध्य छैनौ सहेर बस्न । हामी लड्ने छौ, मर्ने छौं तर सबै खाले अन्याय अत्यचारको अन्त्य गरेर समुन्नत नेपाल बनाएरै छाड्ने छौ । बिर शहिद लाल शलाम । एकिकृत क्रान्ती जिन्दाबाद ।

२०७२ साल

ReplyForward
Facebook Comments Box