प्रविण अधिकारी

झापा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव पार्टीका प्रवक्ता प्रकाण्ड सहितका थुप्रै नेताकार्यकर्तालाई काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि नेपाल कम्युनिस्ट पार्टी झापाले अहिले साँझ झापाको दमकमा मसाल जुलुस निकालेको छ।

नेकपाका महासचिव विप्लवले मंगलवार प्रेश विज्ञप्ति जारी गर्दै आज बेलुका साढे पाँच बजे देशभर अदालतको पक्राउ पूर्जी विरुद्ध मशाल जुलुस गर्न पार्टीपंक्तिलाई निर्देशन गरेका थिए ।

नेकपा झापाले पार्टीका महासचिव विप्लवको निर्देशनलाई पालना गर्दै आज साँझ झापामा मसाल जुलुस सहितको कोणसभा सम्पन्न गरेको छ। पश्चिम झापा इन्चार्ज सञ्जय सीले सञ्चालन गरेको कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंहले आगोसँग खेल्न खोजे खरानी बनाउने चेतावनी दिएका छन्,।

दलाल राज्यसत्ता परिवर्तनको निमित्त बलिदान गर्न समेत तयार रहेर हिँडेका सिपाहीहरुलाई नजिस्काउन चेतावनी दिँदै दलालहरुको इशारा मा तीनबुदे सहमति विपरीत पक्राउ पुर्जी जारी गर्ने अदालत र न्यायाधीशहरुलाई समेत नेता सिंहले कारबाहीको चेतावनी दिएका छन्,।

उनले दलाल पुजीवादीहरुले पटकपटक राष्ट्रघात र जनघात गरेको पछिल्लो समय एनसिएललाई उन्मुक्ति दिएको , राष्ट्रघाती एमसिसी पारित गरेको भन्दै पक्राउ पुर्जी जनताको लागि संघर्ष गर्ने नेतालाई नभएर देश बेच्ने दलालहरुलाई जारी गर्न चेतावनी दिएका छन्,।

त्यस्तै मसाल जुलुस कार्यक्रम झापाको झापा गाउँपालिका गौरीगंज लगायतका अन्य पालिकामा समेत जुलुस सम्पन्न भएको नेकपा झापाले जानकारी दिएको छ।

नेकपाले ३ बुँदे सहमति र शान्ति प्रक्रियाका विरुद्ध जाने गरी जिल्ला अदालत काठमाडौले पक्राउ पूर्जी जारी गरेकोमा गम्भीर आपत्ति जनाएको छ ।
नेकपाले अदालतको आदेश गैरकानूनी,अराजक,विध्वंसात्मक भएको ठहर गर्दै सिंगो पार्टीपंक्ति र जनतालाई प्रतिरोधमा उत्रिन पनि अपिल गरेको छ ।

नेकपाले अदालतको आदेश विरुद्ध आज मशाल जुलुस गरेको छ भने भोली मंसिर २० गते दिउसो ३ बजे न्यायाधीशको पुत्ला जलाउने र पर्सि मंसिर २१ गते दिउसो २ बजे देशव्यापी अदालतको आदेश विरुद्ध जनप्रदर्शन गर्ने घोषणा गरेको छ ।

Facebook Comments Box