उ आफ्नै गिदि संग सशंकित छ -सुमनसिंह सी

उ आफ्नै गिदि संग सशंकित छ !
उसलाई,
आफ्नै आँखा संग बिश्वास छैन
हात खुट्टा संग भरोसा छैन
मुटु, कलेजो र फोक्सो संग भर छैन
उ आफ्नै गिदि संग सशंकित छ…..
त्यसैले उसले आफ्नै ठान्ने आंफ्नै अकंमाल संग तर्सन्छ
उसको शंका स्वयम् उसलाई भारी छ
आजभोलि उ यस्तै शंकाहरुको भारी बोकेर हिंड्छ
आतिन्छ, हड्बडांउछ र बरालिन्छ
उ आजकाल आफ्नै शरीर संग डरांउछ
त्यसैले उ धेरै टाढा-टाढा पुग्छ
आंफु अगाडि टकराउने हरेक बस्तुलाई हेर्छ, छाम्छ, सुंङ्छ, तर मित्र र शत्रुको भेद खोट्याउंदैन
किनकी उ आफ्नै गिदि संग सशंकित छ….
जुट्नु पर्ने बेला फुट्छ
पिंधमान्छेहरुका सपना फुटांउछ
तरङ्गमा बस्तुको अस्तित्व छ भनेर पढ्छ तर आंफुलाई शुन्यवादको गर्तमा फंसाउछ
मन्दिर धाउंछ, चिना हेरांउछ र धुप सल्कांउछ
आजकाल उसलाई आफ्नै शरीर संग डर लाग्छ
उ आफ्नै गिदि संग सशंकित छ….
बर्ग र देश- पक्षधरतामा उभिनेबेला
उ फाटिजाने बादल हेर्छ
तर बादल भित्रको घामलाई असत्य भन्छ
उ रुपलाई हेर्छ, सारलाई हुँदै होईन भनेर जिकिर गर्छ
उ आफ्नै गिदि संग सशंकित छ…..
देश डुब्दैछ खासमा देश डुबांईदैछ
यसलाई बचाऔं भन्ने अपिल संगै उ तर्सन्छ
उसको तर्साई ‘बहुमत’ बनाउंदै हिंड्छ
चित्त बुझाउने आत्मरतिमा खेल्छ
तर उ आंफै संग सशंकित छ
किनकी आजकाल उ आफैं संग तर्सिन्छ
उ तर्सिंदै, लड्बडांउदै, बहुलांउदै ढल्न सक्छ तर, उ नढलोस भन्ने मेरो कामना छ….
उसले कुरा बुझोस र बहुरियोस !
०७९ कार्तिक