इलाम। नेपाल कम्युनिष्ट पार्टीले इलाम र पाँचथरका विभिन्न स्थानमा मसाल जुलुस सहितको कोणसभा गरेको छ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सहितका नेताहरूलाई पक्राउ पुर्जी जारी भएपछि पुर्वको झापा इलाम र पाँचथर सहित देशैभर मसाल जुलुस निस्केको छ । इलामको आयोजनामा इलामको बिप्लाटे बजारमा मसाल जुलुस प्रदर्सन भएको छ भने मसाल जुलुस पछि भएको कोणसभालाई पार्टीका जिल्ला जनपरिसद प्रमुख बिमल सी ले सम्बोधन गरे । उनले २०७७ फाल्गुन २१ गते तत्कालिन केपी ओली सरकार र नेपाल कम्युनिष्ट पार्टी बिच भएको ३ बुदे सहमती को स्मरण गराउँदै सरकारले सहमति इमानदार ढंगले पालना गर्नुपर्ने बताएका छन्,।
उनले सरकारले देशलाई द्वन्द्व तर्फ धकेल्न खोजेको बताउँदै इमानदारीपूर्वक झुटा मुद्दा खारेजीको माग गरेका छन्,।

यता पाँचथरमा भएको मसाल जुलुस र कोणसभा लाई सम्बोधन गर्दै पार्टीका जिल्ला इन्चार्ज सन्तोष विष्टले राज्यले पटकपटक नेकपासँग गरेको सहमति लत्याइरहेको र यो कदमले देशलाई द्वन्द्व तिर धकेल्ने चेतावनी दिएका छन्,। उनले तिनबुदे सहमति अक्षरस पालना नभए राज्यले यसको मुल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन्,।

नेकपाले भोलि विरोध स्वरुप देशैभर न्यायाधीशको पुतला जलाउने र पर्सि देशव्यापी प्रदर्शन गर्ने भएको छ।

Facebook Comments Box