विर्तामोड । नेपाल कम्युनिष्ट पार्टी मेची ब्युरोले झापा र पाँचथरमा महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेताहरुका नाममा पक्राउ पूर्जी जारी गर्ने काठमाडौं जिल्ला अदालतका न्यायधीस कमल प्रसाद ज्ञवालीको पुत्ला जलाएको छ ।

नेकपाका महासचिव विप्लवले पक्राउ पुर्जी जारी गरेलगत्तै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेका थिए। सोही घोषणा अनुरुप नेकपाका नेताकार्यकर्ताले आज झापा सहित देशभरका विभिन्न जिल्लामा ३ बुँदे सहमति विरुद्ध पक्राउ पुर्जी जारी गरेको भन्दै न्यायाधीश ज्ञवालीको पुतला जलाएको हो ।

झापाको दमकमा पार्टीका नेताकार्यकर्ता र विद्यार्थी सहितको उपस्थितिमा भएको पुतला दहन कार्यक्रमलाई पार्टीका पश्चिम झापा इन्चार्ज सञ्जय सीले महासचिव विप्लव लगायतका नेतालाई पक्राउ त परैको कुरा छोएर देखाउन चुनौती दिए। उनले राज्यले तीनबुदे सहमति विपरीत शान्तिपूर्ण राजनीति गरिरहेको पार्टीका नेताकार्यकर्ता माथि पक्राउ पुर्जी जारी गरिए अवस्था गम्भीर हुने समेत चेतावनी दिएका छन्,।

यता पाँचथरमा पुतला दहन कार्यक्रममा प्रहरीले सामान्य हस्तक्षेप समेत गरेको र हस्तक्षेपको बाबजुद न्यायधीसको पुतला जलाउने कार्यक्रममा सम्पन्न भएको नेकपा पाँचथरका इन्चार्ज सन्तोष सीले बताए ।

नेकपाका महासचिव विप्लवले मंगलवार मात्र एक प्रेश विज्ञप्ति जारी गरी अदालतले ३ बुँदे सहमति विपरित गैरकानूनी, अराजक,विध्वंसात्मक कार्य हुने गरी आदेश दिएको भन्दै पार्टीपंक्ति र जनतालाई प्रतिरोधमा उत्रिन अपिल गर्दै तीन दिने संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

तीन दिने संघर्षका कार्यक्रम अन्तरगत आज देशभरका प्रमुख शहर तथा सबै जिल्लाहरुमा न्यायधीसको पुतला जलाउने कार्यक्रम भएको हो ।

नेकपाले मंगलबार साँझ देशभर पक्राउ पूर्जी विरुद्ध मशाल जुलुस प्रदर्शन गरेको थियो भने आज न्यायाधीशको पुतला जलाउने काम गरेको छ । नेकपाले भोलि दिउसो देशव्यापी जनप्रदर्शन गर्ने तयारी गरेको ब्युरो इन्चार्ज सुमनसिंहले जानकारी दिए ।

Facebook Comments Box