मेचीनगर नगरपालिकाद्वारा सामुदायिक कुकुर बन्ध्याकरण अभियान शुरु

Byadmin

१२ फाल्गुन २०८०, शनिबार १५:५१ १२ फाल्गुन २०८०, शनिबार १५:५१ १२ फाल्गुन २०८०, शनिबार १५:५१

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आजबाट सामुदायिक कुकुर बन्ध्याकरण अभियान सञ्चालन गरेको छ ।  सामुदायिक कुकुरहरु नियन्त्रणका लागी नगरपालिकाले नि:शुल्क बन्ध्याकरण अभियान सञ्चालन गरेको हो ।

नगर क्षेत्रमा रहेका सामुदायिक कुकुर नियन्त्रण गर्नका लागि नगरपालिकाले अभियान मार्फत कुकुर बन्ध्याकरण अभियान सञ्चालन गरिएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । 

उनका अनुसार बन्ध्याकरण कार्यक्रम धुलाबारी माध्यमिक विद्यालयको परिसरमा बिहान ७ बजे देखि बेलुकी ४ बजे सम्म सञ्चालन हुनेछ ।

 नगरपालिकाको आयोजना तथा धुलाबारी माध्यमिक विद्यालयको प्राविधिक सहयोगमा सञ्चालित यो अभियान फागुन १४ गतेसम्म जारी रहने छ । 

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *