डिल्लीराज माविका प्रअलाई विद्यालय प्रवेशमा रोक, विप्लव नेकपाले लगाएको ताला प्रहरीले खोल्यो

Byadmin

१६ फाल्गुन २०८०, बुधबार ०६:३७ १६ फाल्गुन २०८०, बुधबार ०६:३७ १६ फाल्गुन २०८०, बुधबार ०६:३७

बिर्तामोड । झापाको झापा गाउँपालिका-४ मा रहेको डिल्लीराज माध्यमिक विद्यालयमा तालाबन्दी गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्तालाई विद्यालय प्रवेशमा रोक लगाएको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रअ गुप्ताले गरेको अनियमितता छानबिन नगरेसम्म उनलाई विद्यालय प्रवेशमा रोग लगाइएको र उनको कार्यकक्षमा तालाबन्दी गरिएको जनाएको छ । पालिका इन्चार्ज कुमार सीले हस्ताक्षर गरेको विज्ञप्ति विद्यालय परिसरमा समेत टाँसिएको छ।

प्रअ गुप्ताले विद्यालयमा अपारदर्शी ढंगले काम गरेपछि यतिवेला त्यहाँका शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, अभिभावक, स्थानीयवासी सबै रुष्ट भएका छन् । पटक–पटक प्रअ गुप्तामाथि भ्रष्टाचार आरोप लाग्दा पनि छानबिन नभएपछि आफुहरु कारबाहीमा उत्रनुपरेको इन्चार्ज कुमार सी ले जानकारी दिए।

प्रअ गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा समेत उजुरी परेको छ । यसअघि पनि नेकपाले विज्ञप्ति जारी गर्दै सबै हिसाबकिताब पारदर्शी ढंगले सार्वजनिक गर्न माग गरेको थियोे भने विद्यालय व्यवस्थापन समितिले अटेर गर्दै आएको थियोे ।

स्थानीय राजनीतिक दल, बुद्धिजीवी, जग्गादाताहरूले समेत विद्यालयको पारदर्शीता खोजेका छन् । तर,प्रअ गुप्ताले उनीहरुको मागलाई वेवास्था गर्दै आएपछि सरोकारवालाहरु थप आक्रोशित बनेका छन् । यतिबेला विद्यार्थीहरु समेत प्रअ गुप्तालाई कारबाहीको माग राख्दै आन्दोलन गरिरहेका छन्,।

विद्यालयको भौतिक संरचना, दिवा खाजालगायतमा ठूलो अनियमितता गरेको प्रअ गुप्तामाथि आरोप छ । विद्यालयमा नियमित लेखापरीक्षण नगरी काम गरेका गुप्तालाई यतिबेला चौतर्फी घेराबन्दी छ । प्राप्त जानकारी अनुसार नेकपाले लगाएको ताला भने प्रहरीले खोलेको पाइएको छ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *