मेची ब्युरोमा अखिल क्रान्तिकारीले जलायो भारतीय प्रधानमन्त्री मोदी र भारतको झण्डा

झापा । छिमेकी राष्ट्र भारतले नेपालको भूभाग समेत समेटेर ” अखण्ड भारत” को नक्सा जारी गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी मेची ब्युरोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि र अखण्ड भारतको नक्सा जलाएको छ।

भारतले हालै जारी गरेको उक्त “अखण्ड भारत” को नक्सामा नेपालको विराटनगर , कपिलवस्तु र लुम्बिनी समेटेको छ । उक्त कार्यको विरोध गर्दै आज विप्लव निकट विद्यार्थी संगठनले झापा , इलाम र पाँचथरका विभिन्न स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अखण्ड भारतको नक्सा जलाएको हो ।

झापामा भएको उक्त विरोध तथा पुत्ला दहन कार्यक्रमलाई सम्बोधन गर्दै मेची व्युरो इन्चार्ज विनोद सीले नेपाल सरकारले यस विषयमा गम्भीरतापूर्वक कदम चाल्नुपर्ने र सरकारले बेवास्ता गरे लाखौं विद्यार्थीहरु सडक संघर्षमा उत्रने चेतावनी दिएका छन्,।
पुत्ला दहन तथा विरोधमा उत्रिएका विद्यार्थीहरुले भारतीय विस्तारवाद मुर्दावाद ! राष्ट्रघाती दलालहरु होसियार , मिचिएको हाम्रो भुमि फिर्ता गर लगायतका नाराबाजी गर्दै पुत्ला दहन गरेका थिए ।
