काठमाडौं । राषट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको पुतला जलाएको छ।

युवासंघले भारतीय संसद्‌मा अखण्ड भारतको नक्सा राख्ने क्रममा नेपालको कपिलवस्तु र लुम्बिनीसमेतलाई समेटेको र हालै विवादित नागरिकता विधेयक प्रमाणिकरण गरेको भन्दै राष्ट्रपति पौडेलको अर्को पुतला जलाएको हो ।

युवा संघले केन्द्रीय राजधानी स्थित नयाँ बानेश्वरमा राष्ट्रपति तथा सरकारबिरुद्ध मसाल बालेर प्रदर्शन समेत गरेको छ।

Facebook Comments Box