झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका विभिन्न स्थानमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको झण्डा जलाएको छ।

पछिल्लो समय भारतले अखण्ड भारतको नक्सामा नेपालको कपिलवस्तु , लुम्बिनी , विराटनगर लगायतका भूभाग समेटेर नक्सा जारी गरेको भन्दै उक्त पार्टीले झापा सहित देशव्यापी रुपमा बिरोध प्रदर्शन गरिरहेको छ।

नेपाल कसैको गुलाम नभएर सार्वभौमसत्ता सम्पन्न राष्ट्र रहेकाले भारतिय रबैया बिरुद्ध कठोर भएर संघर्ष गर्न समेत उक्त पार्टीले अपिल गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला समितिले आज मात्रै झापाका ४ स्थान दमक, झापा, कनकाई र बाह्रदशी गाउँपालिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाउँदै नाराबाजी गरेको छ।

यसअघि हिजो नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी मेची ब्युरोले व्युरो अन्तर्गत झापा इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानमा पुतला दहन कार्यक्रम सम्पन्न गरेको थियोे ।

Facebook Comments Box