नेकपा इलामको बैठक सम्पन्न, संघर्षका कार्यक्रम निरन्तर जारी राखिने

इलाम । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि ईलाम जिल्लाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।
पार्टीका जिल्ला सचिब नवराज सि को अध्यक्षता तथा पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सी को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले पार्टीको आगामी निति तथा कार्यक्रम बारे बहस र छलफल गरेको थियोे ।
भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको विशेष एकता बैठकले अगाडि सारेका विभिन्न विषयहरुमा छलफल गर्दै जिल्लामा बैंक, लघुवित्त तथा वित्तीय संस्था विरुद्धको संघर्ष जारी राख्ने , भ्रष्टाचार , बेथिति लगायतका विरुद्धको संघर्ष तथा पार्टी नेता कार्यकर्तालाई असार १०- ३० गतेसम्म उत्पादनमा लगाउने निर्णय भएको नेकपा इलामले जानकारी दिएको छ।
बैठकमा पछिल्लो समय देशमा भैरहेको राजनीतिक गतिविधि असफल संसदीय व्यवस्था र पार्टीले यसमा खेल्नपर्ने भुमिका बारे बैठकका प्रमुख तथा ब्युरो इन्चार्ज सुमनसिंह सि ले उपस्थित सम्पुर्ण कार्यकर्तालाई प्रशिक्षण दिएका थिए।
बैठकमा पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य होम खतिवडा , जिल्ला इन्चार्ज मौसम सि लगायतले मन्तव्य राखेका थिए।