मेचीनगर। झापा सहित तराईका विभिन्न जिल्लामा पछिल्लो केहिदिनदेखि बढेको अत्यधिक गर्मीका कारण बिदा भएका मेचीनगरका विद्यालयहरु थप दुई दिन बन्द हुने भएका छन्,।

पछिल्लो केही दिन यता अत्यधिक गर्मी बढेपछि गत बिहीबारबाट नगरपालिकाले दुई दिन सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीद्वारा हस्ताक्षरित सूचनामा २१ र २२ गते (आइतबार र सोमबार) गरी थप दुई दिन बिदा दिइएको उल्लेख छ ।

हाल दिइएका बिदा चालु शैक्षिक सत्रको बर्खे बिदाबाट मिलान गरिने जनाइएको छ ।

मौसम विदले तराईका जिल्ला अझै दिन गर्मी बढ्ने बताई रहेका बेलाका झापाका अधिकांक पालिकाले बिदा दिइका छन् ।

Facebook Comments Box