झापा । भ्रष्टाचार र अस्थिरताले मुलुक आक्रान्त भएकै अवस्थामा सरकारले भारतलाई खुसी पार्न हतार–हतार नागरिकता विधेयक प्रमाणीकरण गरेको राप्रपाले आरोप लगाएको छ ।

कोसी प्रदेशसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै राप्रपा की सांसद सविना बजगाईंले भारतलाई खुसी पार्नकै लागि यो विधेयक हतार–हतार प्रमाणीकरण गरिएको आरोप लगाएकी हुन्,।

बजगाईले भनिन्, “रातारात नागरिकता विदेयक पारित गर्नु, अदालतले गरेको फैसला विपरीत आममाफी दिने काम गलत हो र हामी घोर भर्त्सना गर्दछौं।”

उनले रेशम चौधरी लगायतको रिहाइको विषयलाई इंगित गर्दै यसैगरी आममाफी दिँदै जाने हो भने अदालतको निर्णयको अर्थ नरहने पनि बताइन् । देशभरका कारागारमा निर्दोष गरिब जनताका छोराछोरी न्याय पर्खिरहेको भएपनि उनिहरुले चाहि न्याय नपाएको तर हत्या आरोपित व्यक्तिहरु छुट्नुले यो राज्य व्यवस्था पतनकको बाटोमा गएको इंगित गरिन्,।

बजगाईंले देश आर्थिक मन्दीमा डुबेको भन्दै युवा विदेश उन्मुख हुन बाध्य भएको र भ्रष्टाचारले मुलुक आक्रान्त भइसकेकाले अब यो व्यवस्थाले देश नचल्ने बताइन् ।

Facebook Comments Box