काठमाडौं । यौनलाई खेलको दर्जा दिँदै स्विडेनले आउँदो बिहीबार (जुन ८) देखि पहिलोपटक यौन प्रतियोगिताको आयोजना गर्ने भएको छ।

यौनलाई खेलको मान्यता दिने पहिलो राष्ट्र बन्दै स्विडेनले प्रतियोगितामा भाग लिने व्यक्तिहरू यौनसत्रमा संलग्न हुने र प्रतियोगिता दैनिक ६ घण्टासम्म चल्ने जनाएको छ ।

निरन्तर ६ हप्तासम्म चल्ने युरोपियन सेक्स च्याम्पियनसिपमा सहभागीहरूले आफ्नो खेलअवधिको आधारमा दैनिक ४५ मिनेटदेखि एक घण्टासम्म यौन क्रियाकलापमा संलग्न हुनेछन् ।

जोडीबीचको केमेस्ट्री, सेक्सबारेको ज्ञान, सहनशीलताको स्तर आदिलाई ध्यानमा राखेर विजेताको अन्तिम निर्णय निर्णायक मण्डल र दर्शकको भोटका आधारमा गरिने छ।

विशेष गरी सेक्स र कामुकतासम्बन्धी संस्कृत शास्त्र ‘कामसूत्र’को ज्ञानले पनि निर्णय लिन भूमिका खेल्ने बताइएको छ । सहभागीहरूले ‘कामसूत्र’सम्बन्धी ज्ञानको आधारमा पनि अंक प्राप्त गर्नेछन् । यसबाहेक च्याम्पियनशिपले विभिन्न किसिमका सेक्सुअल ओरिएन्टेसनलाई समेत समावेश गरेको छ ।

यौन प्रतियोगिताको आयोजक स्विडिस सेक्स फेडरेसनले युरोपेली देशमा यो महत्वपूर्ण नयाँ सुरुआत हुने विश्वास व्यक्त गरेको छ । यो निर्णयको कतिपयले आलोचना गरेका छन् भने कतिपय मौन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्,।

Facebook Comments Box