झापा । नेपाली हाँस्यकलाकार विल्सन विक्रम राई ” तक्मे बुढा” को नयाँ एल्बम “सोल्टीनिको बोली मीठो” गीत सार्वजनिक भएको छ।

हिजो मंगलबार तक्मेबुडा डटकम युटुब च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हो । गीतमा चर्चित गायिका मेलिना राई र हाँस्यकलाकार तक्मेबुढाले स्वर भरेका छन्, भने गीतको निर्देशन समेत उनले आफैं गरेका हुन्,।
( भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्,।)
https://youtu.be/JeNKhueTKMo

विभिन्न ख्यातिप्राप्त कलाकारहरुको अभिनय रहेको उक्त एल्बमले लाहुरेको कथा ब्यथा समेटेको छ भने मौलिक लोक संस्कृतिको समेत जगेर्ना गरेको छ।

यसअघि पनि उनले विभिन्न गीत एल्बमहरु निकालेका छन्, । यसअघि भुटानी सरणार्थीहरुको कथालाई समेटेर निकालिएको ” माटो, आसमि गम्छा, किराँती केटा लगायतका थुप्रै एल्बमहरु निकै चर्चित रहेका छन्,।

राइका अधिकांश एल्बमहरुमा पौराणिक कथा, नेपालको लोक संस्कार र संस्कृति, भाषाभाषी लगायतका विषयलाई प्राथमिकतामा राखेको पाईन्छ ।

Facebook Comments Box