प्रविण विद्रोही/काकडभिट्टा, ३० साउन ।कुनै समय नेपाली पुरूष क्रिकेटकाे चर्चित नाम हो लाक्पा लामा। हाल नेपाली राष्ट्रिय क्रिकेटको सहायक प्रशिक्षक बनिसकेका मनाेज कटुवाल र लाक्पाले सन् २००० मा एकैपटक युथ १७ राष्ट्रिय टोलीमा बंगलादेशबाट डेब्यु गरेका थिए ।
२००१ मा युथ १९ एसीसी कप पनि खेले दुवैले । २००२ मा सिंगापुरबाट राष्ट्रिय टिममै डेब्यु गरे । छोटो समयमा उत्कृष्ट प्रदर्शन गरेका थिए मनोज र लाक्पाले ।

एकताका नेपाली टोलीको नीलो–रातो रङ्गको ९ नम्बर जर्सीमा पिचमा देखिन्थे लाक्पा लामा । अहिले उनले काकडभिट्टा स्थित आफ्नै निवासमा सुविधासम्पन्न “LK9″कफि हाउस सञ्चालनमा ल्याएका छन्,।

बाहिर चर्चामा आएभन्दा कठिन छ लाक्पाकाे जिबन संघर्षकाे कथा । लाक्पासँगै क्रिकेट खेलेका मनोज कटुवाल अझै क्रिकेट क्षेत्रमा संघर्ष गरिरहेका छन्, भने कतिपय खेलाडीहरू कमजोर आर्थिक अवस्थाकै कारण वैदेशिक राेजगारमा जान बाध्य भएर खेल छाडेर पलायन भएको अवस्था छ । तर लाक्पाले भने न खेल क्षेत्र छाड्नै सके न विदेश जानै ।

कुनै समय काँकडभिट्टा बजारमा ट्याक्सी समेत चलाएका लाक्पाले अहिले हाेटल व्यवसाय सुरु गरेका छन्,। क्रिकेटबाट पलायन भएका यी देब्रे हाते स्पिनरले केही वर्षअघि निजी ट्याक्सी किनेर यात्रु ओसार्ने काम समेत गरे। लाक्पा आफू लगायतका दिग्गज खेलाडीहरू पलायन हुनुको कारण ‘क्रिकेटमा राम्रा र प्रतिभावान् खेलाडीको कदर नहुनु र राजनीतिले क्रिकेट चलाएका कारण त्यो अवस्था आएको सम्झन्छन् ,।

उनले २००० मा बंगलादेशको ढाकामा यू–१७ वर्ष एसिया कपमा मनोजसँगै अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । त्यो बेला उनले ४ विकेट झारेका थिए । २७ बढी अन्तर्राष्ट्रिय खेलमा उनले ५० बढी विकेट लिएका थिए ।

अन्तर्राष्ट्रिय अर्थोडक्स लेग स्पिनर लाक्पा अहिलेपनि नेपाल क्रिकेट संघमा आबद्ध छन् । यो लकडाउनकाे समय उनले सबै व्यवसायीहरू निराश भएको अवस्थामा हाेटल व्यवसायमा हाम फाल्दै गर्दा सबै अचम्मित बनेका थिए। आफ्नै निजि निवासमा २० लाखकाे लगानीमा उनले आफ्नै जर्सि नम्बर सहितको नाममा ” LK9″ कफि हाउस सञ्चालनमा ल्याएका हुन्,।

हाेटल शुरू गर्नु अघि काकडभिट्टा देखि दमकसम्म क्रिकेट प्रशिक्षणमा कुद्ने लाक्पालाई अहिले होटलमा व्यस्त अवस्थामा भेटिन्छ । आफ्नि श्रीमती निता सँगै अधिकांश समय कफी हाउसमा ब्यस्त रहेका लाक्पाले २ जना कर्मचारी समेत राखेका छन् ।

खेल क्षेत्रलाई अब छाडेको हो भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै लाक्पा भन्छन् ,- ” खेलकुदलाई अझै सहज हाेस भनेर व्यापार शुरू गरेको हुँ। आर्थिक सहायताका लागि व्यवसायमा हात हालेकाे र यसले खेल क्षेत्रमा समय दिन अझै सहज रहने अपेक्षा छ। निकट भविष्यमा क्रिकेट एकेडेमी सञ्चालनकाे योजनामा छु ,।”

कुनै पनि व्यवसाय सँगै त्यसको नाम के राख्ने भन्ने खुलदुलि हुन्छ तर तपाईंले अचम्मकाे नाम राख्नुभयाे यसको अर्थ के हो भन्ने हाम्रो प्रश्नमा गम्भीर हुँदै लाक्पाले भने,- ” मैदानमा मैले राष्ट्रिय टिमबाट पाएकाे जर्सि नम्बर बाट कफि हाउसको नामाकरण गरेकाे हुँ । मैले प्राप्त गरेकाे जर्सिकाे नाम र नम्बर “LK9″ थियोे र साेहि नाम राखेँ ।”

हामीले भेट्दा हरेक समय मैदानमा ब्याट चलाउन र बलिङ गर्न खेलाडीलाई प्रशिक्षण दिइरहने लाक्पा अहिले ग्राहकलाई खुसी पार्न हरदम लागिपरेका भेटिन्छन् ,। ग्राहककाे माग र चाहना बमोजिम अहिले लामाले साइकल प्रेमिहरूका लागि भाडामा साइकल समेत उपलब्ध गराउँछन् ,। जिबन संघर्ष रहेको बताउने उनलेे यहाँसम्म आइपुग्दा धेरै दुख,कष्ट झेलेपनि कहिल्यै हार भने मानेका छैनन् ,। सरकारले प्रतिभावान खेलाडीहरूलाई संरक्षण गर्न नसक्दा खेलकुद क्षेत्र नै धराशयी बन्दै गैरहेकाे छ ।