मेचीनगर,१७ भदौ । काेभिड -१९ का कारण १७ महिनादेखि देश अन्योलमा गुज्रिएको अवस्था छ। अघिल्लो वर्षको लकडाउन खुलेर केही सहज हुन नपाउँदै पुनः दाेस्राे र तेस्रो भेरियन्टकाे काेराेना भाइरसका कारण देशभरका जनता त्रसित छन्, भने हजारौं जनप्रतिनिधिले काेभिडकै माैकामा लुटधन्दा मच्चाइरहेका छन्,।

अधिकांश जनप्रतिनिधिकाे जिबनशैली हेर्ने हो भने राजा महाराजाहरूकाे भन्दा कम छैन। जनप्रतिनिधि हुनासाथ महँगा महँगा गाडि किन्नुपर्ने , सुविधा राज्यले उपलब्ध गराए भन्दा बढि उपभोग गर्नुपर्ने वा भनाैँ अतिरिक्त सेवाका भाेगि हुनु अधिकांश जनप्रतिनिधिहरूकाे मुख्य विषय बनेको छ ।

तर झापाको मेचिनगर नगरपालिका वडा नम्बर -६ मा भने अवस्था फरक छ। यहाँका वडाध्यक्षमा न कुनै सेवा सुविधाको माेह देखिन्छ या त कुनै राजा महाराजाहरूकाे जस्तो जीवन शैली नै । न उनलाई कुनै महँगो कार चढ्नुपरेकाे छ न त राजा महाराजा नै हुनुपरेको छ । उनले राज्यबाट पाउने अतिरिक्त सेवा समेत लिएका छैनन् ।

अझै राेचक कुरा यस वडाको निर्वाचनकाे मत परिणाम नै अचम्म लाग्दो बन्यो । जम्मा २ भाेटकाे अन्तरले तामाङ वडाध्यक्षमा निर्वाचित भएका थिए। २०४६ सालबाट नेपाली काङ्ग्रेस निकट विद्यार्थी संगठन नेविसंघबाट राजनीति शुरू गरेका तामाङ कांग्रेसका इमानदार र कुशल नेताका रूपमा स्थानीय निकायमा परिचित छन्,।

एउटा होण्डा साइनकाे बर्साैँ पुरानो मोटरसाइकलमा दिनरात दाैडिरहेका भेटिन्छन् , वडा नम्बर ६ का अध्यक्ष ललित तामाङ । उनको अधिकांश समय वडामा रहेका गरिब, मजदुर, बृद्धअबश्थाका व्यक्ति तथा बिरामीहरूकाे सेवामा खर्च हुने गरेको छ ।

जनतालाई समस्या वा आपत विपत परेको अवस्थामा उनी तुरुन्तै त्यहाँ पुग्छन् , उनले गर्न सक्ने जति सहयोग गर्छन् र नसक्ने अवस्था आए उनी कसरी सहजीकरण गर्न सकिन्छ साेहि अनुसार काम गर्छन् ,।

काेभिड -१९ काे महामारीको अवस्थामा आफ्नो जिबनलाई जोखिम माेलेर सक्रिय रूपमा जनताको सेवामा रातदिन खट्ने जनप्रतिनिधि मध्येकाे एउटा चर्चित नाम हो ललित तामाङ ।

गत सालकाे दशैंको मुखमा सामाजिक सुरक्षा भत्ता नपाएपछि अधिकांश एकल महिला र वृद्धवृद्धा चिन्तित बनिरहेका थिए । अधिकांश वडा तथा समग्र देशका जनप्रतिनिधिलाई र त्यहाँको अवस्था हेर्ने हो भने अवस्था भयावह नै थियोे । तर सबै डरले घरभित्र रहेको अवस्थामा ललित तामाङ सहितको टोली भत्ता लिएर घरघरमा गएपछि वडाका बासिन्दा हर्षित देखिन्थे ।

भत्ता वितरण गर्दा भीडभाडका कारण कोभिड –१९ को संक्रमणको जोखिम उच्च हुने देखाउँदै बैंकले सामाजिक सुरक्षा भत्ता वापतको रकम बाँढ्न नमानेपछि ७३८ जनालाई घरघरमै गएर तामाङले सामाजिक सुरक्षा भत्ताको रकम बाँडे।

पछिल्लो समय वडा नम्बर ६ काे विकासमा पनि यहाँका जनप्रतिनिधि सक्रिय रूपमा लागिपरेको देखिन्छ । वडामा रहेका गरिब, महिला, जनजाति लगायतलाई सीपमूलक तालिमहरू समेत वडाले सञ्चालन गरेको छ ।

वडाका बासिन्दाकाे हरेक गुनासोलाई सुनुवाइ र सम्बोधन गर्न हरेक समय तत्पर देखिने तामाङलाई वडाका बासिन्दाले पनि उदाहरणीय जनप्रतिनिधिका रूपमा मान्ने गरेका छन्,। कोराेना महामारी र जारी निषेधाज्ञामा जनतालाई घरभित्र बस्न आग्रह गर्दै तामाङ जनताका घरघरमा रासन र अौषधि बाेकेर कुदिरहे । काेराेना संक्रमित हुन पुगेका जनताका लागि उनले सक्दो सहयोग गरेर चर्चामा समेत आए । तर विडम्बना उनको यो कार्यलाई जनताले वाहा गरेर सामाजिक सञ्जाल रंग्याए पनि नगरपालिकाले भने देखेन र काेभिडकाे महामारीमा सक्रिय जनप्रतिनिधिका रूपमा उनकाे नाम परेन ।

वडामा साेचेअनुरूप काम गर्न नसकेको र कोभिडका कारण धेरै असर परेको तामाङ बताउँछन् ,। सबै जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्नेमा उनकाे जोड छ । जनताको सेवामा नै आफ्नो मन रमाउने गरेकाे बताउने तामाङले वडाका हरेक नागरिककाे अवस्थाका बारेमा जानकार रहेको र कोभिडका कारण धेरैकाे चुलो नबल्ने अवस्था रहेकाले अहिले यिनै समस्याकाे समाधानका लागि आफ्नो दाैडधुप रहेको उनी बताउँछन्,। जनताको गुनासोलाई सकेसम्म आफुले सम्बोधन गरिरहेको र आगामी दिनमा जनताकै सेवामा रहने तामाङले बताए ।