बिर्तामोड, २० भदौ। झापाको बिर्तामोड स्थित पुरोना भद्रपुर रोडमा डेरा गरि बस्ने एक पुरूष मृत अवस्थामा फेला परेका छन्।

बिर्तामोड–४ स्थित लिटल फ्लावर्सको पूर्व गेट अगाडि कोठा भाडामा बसी अटो रिक्सा चलाउँदै आएका कचनकवलका भाद्र राजवंशी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जानकारी दिएको छ ।

राजवंशीकाे शव काेठा भित्र रहेको र घटनाको प्रकृति हेर्दा हत्या गरेको जस्तो देखिएकाले प्रहरीले घटनास्थल सिल गरी अनुसन्धान थालिएको छ । उनको परिवारले भाद्रुको हत्या भएको प्रहरीलाई बताएका छन् । मृत फेला परेका राजवंशीको अनुहारमा चोटपटक देखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

मृतकका छोराले कान्छा काकाले बुबाको हत्या गरेको प्रहरीलाई जानकारी दिएका छन् । छोरा सुस्त मनस्थितिका छन् । कान्छा काका फरार रहेकाले उनको खोजीमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।