मेचीनगर, ०३ असोज । झापाकाे मेचीनगर स्थित मेचीखाेलाले बगाएर एक महिलाकाे मृत्यु भएको छ ।

पारिवारिक स्रोतका अनुसार गए राति १२ देखि १ बजेकाे समयमा ३ जना साथी सहित भारततर्फ जाँदै गर्दा मेचीनगर वडा नम्बर -६ भट्टराई चाेककी ३४ वर्षीया कमला राजवंशी खाेला तर्ने क्रममा बेपत्ता भएकी थिइन् ,। उनको शव अहिले बिहान ८:३० बजे भारत पट्टी खाेला किनारमा भेटिएको छ ।

रातको समयमा खाेलाले बगाउँदा उनकाे उद्दार हुन नसकेको स्थानीयले पुर्विगर्जनलाई जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भैरहेको र विस्तृत विवरण आउन बाँकी छ।