इलाम,१५ असोज । नेपाल कम्युनिस्ट पार्टी इलामका तत्कालीन जिल्ला इन्चार्ज पुष्प काेइरालालई जिल्ला अदालत इलामले रिहाइ गर्न लागेपनि पुनः पक्राउका लागि अदालत परिसरमा प्रहरी तैनाथ गरिएको छ ।

आज सम्मानित जिल्ला अदालत इलाममा ५ लाख रूपैयाँ धरौटी रकम तिरेर रिहा हुन लागेका काेइरालालाई पुनः पक्राउ गरि सुनसरी लैजाने तयारी गरेको पारिवारिक स्राेतले जानकारी दियो । सरकारले विभिन्न झुठो मुद्दा लगाएर तीन बुदे सहमति अनुरूप काम नगरेको भन्दै परिवारले आक्रोश ब्यक्त गरेको छ।

प्रतिबन्धकाे समयमा २०७७ बैशाख २२ गते इलामबाट गिरफ्तार परेका तत्कालीन जिल्ला इन्चार्ज काेइरालालाई बम विष्फोट , सांगठनिक अपराध लगायतका विभिन्न मुद्दा लगाइएको थियोे ।

अदालत परिसरमा तैनाथ प्रहरी

नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बीच २०७७ फागुन २१ मा तीन बुदे सम्झौता भएपछि पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरिएको थियोे भने जेल हिरासतमा रहेका नेता कार्यकर्ता रिहाइ गर्ने सरकारले जनाएको थियोे । तर तीन बुदे सम्झौतामा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेपनि सरकारले सम्झौता अनुरूप काम नगरेको भन्दै पार्टीका महासचिव विप्लवले असन्तुष्टि ब्यक्त गरेका छन्।

सरकार सँग तीन बुदे सम्झौता गरेर प्रतिबन्ध फुकुवा भएपनि नेकपाका सयौं कार्यकर्ता अझैसम्म जेलमा रहेका छन्। जसका कारण पछिल्लो समय नेकपा र सरकार बिच असन्तुष्टि चुलिँदै गएको सुरक्षा निकायले निष्कर्ष निकालेको छ ।