विर्तामोड ,२५ असोज । झापाको बिर्तामोडमा मासु पसल गर्दै आएका एक व्यवसायीको हत्या भएको छ । विर्तामोड स्थित महानन्द चोकमा बंगुरको मासु विक्री गर्दै आएका अर्जुनधारा –६ का अन्दाजी ५० वर्षीय इन्द्र कुमार मगर आइतवार साँझ आफ्नै पसलमा मृत फेला परेकाे र उनको हत्या भएको आशंका गरिएको छ।

मृतक मगरको शरिरमा धारिलो हतियार प्रयोग गरि हत्या भएको प्रहरीले आशंका गरेको छ। मृतक मगरको शरीरमा रहेको चाेटका आधारमा हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थल शिल गरेर अनुसन्धान अघि बढाएको र पोष्टपामर्टमका लागि शव धरान स्थित वीपी स्वास्थ्य प्रतिस्ठान लगिएको जनाएको छ।