सिन्धुपाल्चोक ,०१ कात्तिक । सिन्धुपाल्चोककाे पाङफुङ केन्द्रविन्दु भएर आज सोमबार दिउँसो १० मिनेटको फरकमा लगातार दुईपटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

उक्त भूकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लाहरु मा अनुभव गरिएको र भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण नआएको मापनकेन्द्रले जानकारी दिएको छ ।