काठमाडौं ,०३ मंसिर । लोकदोहोरी गायक तथा सर्जक सुरज बुढाथोकीकाे “भाले छिर्के” गित सार्वजनिक भएको छ । गायक सुरज बुढाथोकीको शब्द रहेको उक्त गीतमा सङ्गित भने काजी बाबू ढकालले भरेका छन्।

गायनमा सुरज बुढाथोकीलाई पार्बती कार्कीले साथ दिएकी छिन् , भने उक्त गितमा संगीत संयोजन चर्चित एरेन्जर बिष्णु तामाङले गरेका छन्।

कुमार पुनको मिक्सिङ्ग मास्टरिङ्ग रहेको उक्त गीत संकरा डिजिटल स्टुडियोमा रेकर्ड भएको हो । रमाइलो , कमेडी साथै सन्देश मुलक शब्दहरुले सजिएको उक्त गीतको भिडियोमा चर्चित हास्य कलाकार यादब देवकोटा (सरापे), सुशिला निरौला (बिम्ली), गायक सुरज बुढाथोकी, अञ्जना बजगाई लगायतको अभिनय रहेको छ।

खमेश श्रेष्ठकाे निर्देशन तथा प्रवेश पोख्रेलकाे छायांकनमा बनेको उक्त भिडियोलाई सुरेश श्रेष्ठले ईडिटिङ्ग र कलरिङ्ग गरेका छन् ।

साथै चर्चित हास्य कलाकार जितु नेपाल (मुन्द्रे) को “जितु कमेडी” नामक अफिसियल युटुव च्यानलबाट भिडियो सार्वजनिक भएको छ । भिडियो उत्कृष्ट बनेको र भिडियोले बजार लिन सक्ने निर्माण पक्षले जनाएको छ ।
भिडियो : https://youtu.be/B6ugBS4KJjg
https://youtu.be/B6ugBS4KJjg