काठमाडौं,१५ जेठ । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।
बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

खर्चकाे स्राेतमा सरकारले १२ खर्ब ४० अर्ब ११ करोड राजश्व उठाउने लक्ष्य लिएको छ भने २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने र ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने मन्त्री शर्माले बताए ।

बजेटकाे पुर्णपाठ