यहाँ हरेक एक….

प्रतिसोधको आगोले अघाउंदै

आंफुलाइ तोप बनाउंदैछ

बारुदले सिंगारिएको छ

अनि, मथिंगलमा आवेगको सत्ता सुताएर

यहाँ हरेक एक

त्यो समय पर्खिरहेको छ

जुन समय उसको हात तिम्रो गर्दनमा हुनेछ

अर्थात, दलाल पुंजिवादको गर्दनमा हुनेछ….

उसले,

अत्यचार घोलिएको समय

दमनका बाछिटाहरुले लतपतिएको परिचय

अस्तित्व बिहिनताको जीवन

आफ्नै अंग/प्रत्यङ्गहरुले तर्साउने भास्य

कहिले सम्म सहेर बस्न सक्छ हौ……!

रोगले थिलिएकी आमा

परिचय बिर्सिएर मुर्छा परेको बाउ

खिसी ट्युरी गरिरहेको भान्सा

स्कुलको फिस, माफियाको औसधी, साहुको ऋण

खुल्नै नसकेको उसको घरको उज्यालो

कहिलै हुन नसकेको नौलो बिहानी

अब त कहाँ थेग्ला र जीवनको यो बिसंगतिलाइ उसले

मैले हेरेको छु…

उसले खाने प्रत्येक गांसको सच्चाइले

उसको शरिरलाइ जतातै बिद्रोही बनाइरहेको छ

हावामा भरिएको सत्ताको फोहोर

भित्र भित्रै उसलाइ बिस्फोटक बनाइरहेको छ

हरेक भोगाइ भित्रका सक्कली आंखाहरु

नक्कली सत्ताको रवाफ बिरुद्ध छिट्टै बिद्रोह गर्दैछन

यंहा हरेक एक

तिम्रो सत्ताको चौघेरा तोडेर

प्रत्यके सेकेन्ड आफ्नो पाइला अगाडि बढाउंदैछ

छिट्टै बिद्रोह गर्दैछ

तिम्रो सत्ताको खरानिमा जन्माउदैछ उसले आफ्नो सत्ता… !

०५/१२/०७९- सि सुमन

Facebook Comments Box