प्रविण विद्रोही /झापा। नेपाली राजनीतिक क्षेत्रमा उदाएकी महिला नेतृ हुन् उषा गुरुङ । धनकुटा पुर्खौली घर भएकी गुरुङका स्वर्गीय बुवा गणेश बहादुर गुरुङ भारतीय सेनामा जागिरे थिए। आफ्ना श्रीमान सँगै उषा कि आमा नन्द कुमारी गुरुङ पनि भारत पुगिन्। वि.सं. २०२७ सालमा भारतको कालिङपुङ सहरमा नै उषा गुरुङको जन्म भयो । केही वर्षपछि उषाका बुवा गणेश बहादुर गुरुङले जागिरबाट अवकाश लिएसँगै भारतबाट नेपाल फर्किएका गुरुङ परिवार काकडभिट्टामा आएर घुम्टिमा सानो चियानास्ता र खाना बेच्ने होटल सुरुवात गरे । सैनिक होटल नाम दिएर शुरु गरेको उक्त होटल काकडभिट्टा सहरको सबैभन्दा पुरानो होटलका रुपमा परिचित छ । घुम्टिबाट शुरु गरेको उक्त होटल अहिले बिल्डिङ्मा परिणत भएको छ।

परिवारले जिविकोपार्जनका लागि चिया नास्ता र खानाकाे होटल सुरु गरेसँगै आमालाई सघाउँदैमा उषाका दिनहरु बित्न थाले । छोरीलाई स्कुल पठाउन हुन्न भन्ने समाजमा उषाकाे परिवार रहेपनि उनका बुवा भारतीय सेनाका अवकाशप्राप्त ब्यक्ति र शिक्षाको आवश्यकता बुझ्ने भएकै कारण उषालाई विद्यालय भर्ना गरिदिएका थिए। आधा समय भारतको दार्जिलिङमा र आधा समय काकडभिट्टा माविमा अध्ययन गरेकी गुरुङकाे अौपचारिक शिक्षा भने एसएलसी सम्म मात्रै रह्यो । पढाइसँगै कहिले भाँडा माझ्ने त कहिले चिया पकाएर ग्राहकलाई बेच्ने उषा एकदमै चलाख र चञ्चल स्वभावकि थिइन् । १५ वर्षकै उमेरमा झापाकै एकजना जमिनदार सँग उषाकाे मागी विवाह भयो । त्यसपछि ४/५ वर्ष खेतीपाती गर्दैमा उनका दिन बित्न थाले । उनले एकमात्र सन्तानको रुपमा छोरा जन्माइन । एकातिर लाउँ-लाउँ र खाउँ -खाउँकाे कलिलै उमेरमा विवाह बन्धनमा बाँधिनु र अर्कातर्फ सानै उमेरमा सन्तान जन्माउन पुगेकी उनी दु:खकाे जिन्दगी व्यतीत गर्न थालिन् , र आफुलाई सबैभन्दा अभागी महसुस गर्न थालिन् । उनकाे एकमात्र सन्तान छोरा भएपनि शारीरिक रुपमा अशक्त देखिएपछि उनी परिवारबाट पनि अपहेलित हुन थालिन्,। एकातिर बाल्यकालमै बिबाह गरि बच्चा जन्माउन परेकाे अर्कातर्फ बच्चा शारीरिक रुपमा अपांग , खेल्ने उमेरमा बुहारीकाे भुमिकामा रहेकी उनलाई छाडेर त्यति नै बेला उनका श्रीमान् बेपत्ता भएपछि उनी झनै पिडामा परिन्,।

तस्बिरमा आमाको साथामा उषा

आफ्नो राजनीतिक यात्राकाे पहिलो खुट्किलाका रुपमा वि.सं. २०४८ साललाई सम्झन्छिन्, उनी। उक्त निर्वाचनताका काङ्ग्रेस र एमालेले गाउँ गाउँमा आमसभा सुरु गरेका थिए। राजनीति प्रति चासाे राख्ने र उमेरले १८/१९ वर्षकी उनी झापाको सरनपाडा स्थित तत्कालीन काङ्ग्रेसको आमसभामा सानो बच्चा बाेकेर पहिलोपटक सहभागी बनिन् । सोही दिन एमालेले पनि आमसभा राखेको रहेछ भने कांग्रेसको सभामा हमला गर्ने योजना रहेछ । काङ्ग्रेसको सभामा प्रमुख अतिथि आउन ढिला भएपछि भेलामा सहभागीहरुले कार्यक्रम सञ्चालन गर्दै नाचगान सुरु गरेछन् ,। यता काङ्ग्रेसको कार्यक्रममा हमला गर्ने योजना बनाएका एमाले कार्यकर्ताले कार्यक्रमकाे अतिथि आइपुगे भन्ने साेचेर सुनियोजित हमला गरेपछि उषा भागेर बल्लतल्ल घर पुगिछन्,। उनी घर पुग्नासाथ बाक्लो संख्यामा रहेका एमाले कार्यकर्ताले उषालाई गालि गलौज गर्दै उनकाे घर घेरा हालेपछि परिवारले समेत उनलाई गाली गर्न थाल्याे । सँगै जिउने मर्ने कसम खाएका श्रीमान् बेपत्ता भएपछि उसैपनि परिवारको हेलामा रहेकि उनलाई झनै परिवारले तिरस्कार गर्न लाग्यो । यता एमाले कार्यकर्ताले त्यतिबेलासम्म उषाकाे घरका दलान काट्न थालिसकेका थिए भने उषालाई समेत आक्रमणको प्रयास गर्दै थिए। अति भएर रिस खप्न नसकेपछि उनले आफ्नो बच्चालाई सासुकाे काखमा थमाएर मुल ढोका थुनेर लुकाइराखेर घरभित्रबाट तरबार निकालेर आफु प्रतिकार गर्न उत्रिएको सम्झन्छिन्,। एमाले कार्यकर्ताले खुबै नेतृ हुन परेको यसलाई नमारी हुँदैन भनेर आक्रमण गर्न आइलागेपछि कि उनिहरुलाई मार्छु कि म मर्छु भन्दै तरबार लिएर प्रतिकारमा उत्रिएपछि एमाले कार्यकर्ता त्यहाँबाट भागे । त्यसपछि उषाका दिन झनै खराब बित्न थाले ।

                                                                                एकातिर श्रीमान् घरमा नहुनु, शारीरिक रुपमा अपांग सन्तान त्यसैमाथि परिवारका सदस्यले हेला गर्न थालेपछि कयौं रातहरु रूँदैमा बिते । अन्त्यमा उनले घर छाड्ने निधो गरिन्, र लुगाफाटोकाे पाेकाे र नाबालक छोरा बाेकेर बाँसबारी देखि गाैरादह हुँदै बिहान ४ बजे खाली खुट्टा हिँडेर केर्खा आइपुगिन्,। त्यसपछि उनी माइतिकाे सरणमा आइपुगिन्,। केही समय पुनः आमालाई सघाउँदै बसिन्। बिहे गएर अर्काको घर पुगेकी चेली फेरि फर्किएर माइत आउँदा समाजले कुरा काट्न थाले । मेहनत र परिश्रम गर्न पछि नहट्ने उषाले आमाको सल्लाह अनुसार सानो होटल शुरु गरिन् । पछि उनका श्रीमान् पनि भेटिए र काकडभिट्टामा उनिहरु फेरि भाडामा बस्न थाले । २०४८ सालमै काङ्ग्रेसको साधारण सदस्य बनेकी उनलाई राजनीति प्रति एकदमै चासाे थियोे । उनको राजनीतिक जीवनकाे सफलताको श्रेय उनी आफ्ना काका धनप्रसाद गुरुङलाई दिन्छिन् ,।

राजनीति प्रति निकै चासो राख्ने उनलाई राजनीतिमा अगाडि बढाउन काका धनप्रसाद गुरुङले निकै भुमिका खेलेकाे उनी सम्झन्छिन्,। उनका काका धनप्रसाद गुरुङ अहिले जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन्,। घर छाडेर माइतिकाे सरणमा आएकी उषाले आफैँ चिया नास्ताकाे होटल शुरुआत गरेपछि केही समय ठिकै बित्याे । उनले हाेटल सँगै काका धनप्रसाद गुरुङकाे नाममा रहेको नेपाल टुरिजम ट्राभल पनि चलाउन थालिन् । उनलाई उनकी बहिनी बिटु गुरुङले पनि साथ दिइन् । उनी फेरि राजनीतिमा सक्रिय हुन थालिन् र तरुण दलकाे नगर सदस्य बनिन् ,। २०५४ सालमा तरुण दलको नगर सदस्य बनेकी उनले केही समय पश्चात् तरुण दलकै निर्वाचित जिल्ला सदस्य समेत बनिन् ,। उनी संगठनमा अब्बल नेतृका रुपमा चिनिन थालिसकेकी थिइन् भने यता उनकाे व्यवसाय पनि फस्टाउँदै गएको थियोे । चिया नास्ताबाट उनले शुरु गरेको होटल पछि न्यु ढाका होटलको नाममा चिनिन थाल्यो । उक्त होटलले आज १ तारेकाे मान्यता पाइसकेकाे छ भने उक्त होटलमा अहिले ह्याप्पि हावरकाे मिनि क्यासिनो समेत सञ्चालनमा छ । उक्त होटलमा अहिले झण्डै ७० जना भन्दा बढिले रोजगारी पाएका छन्,। हाल गुरुङले उक्त होटल भाडामा लगाएकी छन्,। तरुण दलकाे राजनीतिमा सक्रिय उनी २०५९ मा तरुण दलकाे केन्द्रीय सदस्यमा निर्वाचित भइन् । राजनीतिक जीवन राम्रोसँग चल्दै गयो भने उनको पारिवारिक जिवनमा दरार उत्पन्न हुन थाल्यो । परिवारलाई भन्दा बढी समय उनकाे विभिन्न कार्यक्रम ,सभा सम्मेलनमा खर्च हुन थालेपछि श्रीमान सँगकाे सम्बन्धमा खट्पट बढ्यो र अन्ततः सम्बन्ध विच्छेद सम्म हुन पुग्यो । सम्बन्ध विच्छेदका क्रममा उनले अ्ंश लिन्न र सन्तान दिन्न भन्दै छाेरा अाफुसँग राखेकि थिइन् ।  आफुसँगै उनले बहिनि बिटु गुरुङ र उनका साना दुइटा टुहुरा नानीहरुकाे समेत अभिभावकत्व ग्रहण गर्नुपरेको थियोे । तरुण दलकाे केन्द्रीय सदस्य बनिसकेकि उषा जिल्लामा अब्बल बन्दै गएकि थिइन् भने सफल व्यवसायी पनि ।

उषाले सञ्चालन गरिरहेकाे हाेटल

तत्कालीन माओवादीले उनिसँग चन्दा माग्न थालेपछि सभा सम्मेलनमा उनले माओवादीका विरुद्ध भाषण गर्न थालिन् र उनि तत्कालीन सशस्त्र जनयुद्ध गरिरहेको माओवादीहरुकाे ताराे बन्न पुगिन्,। गुरुङ दिदिबहिनीले होटललाई ऋण लिएर विस्तार गरेका थिए। तरुण केन्द्रीय सदस्य भैसकेकि उषाले तत्कालीन माओवादीका विरुद्ध भाषण गर्न थालेपछि र चन्दा नदिएपछि ६१ साल कात्तिक गोरु तिहारका दिन् , उनको होटलमा माओवादीले घेरा हालेर आक्रमण गर्याे । तिहारको समय राति झण्डै ९ बजेको समयमा माओवादीहरुले उनकाे फाेन लाईन समेत काटेर घर घेरा हालेका थिए । बाहिर होहल्ला बढेपछि गुरुङले तिहारकाे समय भएकोले देउसे टोली हाेलान् भन्ने साेचेर उनिहरुलाई देउसी खेल्न आग्रह गरे। तर माओवादीका कमाण्डरहरुले उषालाई तँ को हाेस भनेपछि गुरुङले जवाफमा तँ चाहिँ काे हाेस मेरो घरमा आएर मलाई नै तँ भन्ने म उषा गुरुङ हुँ भनेपछि माओवादीहरुले आक्रमण गरेर उनको निदारमा पेस्तोल तेर्साएपछि भने उनकाे होसहवास उड्याे । तरुण नेतृ प्रतिकारमा उत्रिन थालेपछि माओवादीहरुले उनलाई कुटपिट गरे । गालामा माओवादीहरुले हानेका कारण उनले तिनवटा दाँत गुमाइन । देउसे टाेली र वरिपरिका सबै प्रतिकारमा उत्रिएपछि त्यहाँको अवस्था भयावह हुनपुग्याे । जसाेतसाे त्यहाँबाट फुत्किएर प्रहरीलाई र काका धनप्रसादलाई जानकारी गराउन फाेन गर्न खाेज्दा बल्ल थाहा पाईन्, उनले फाेन लाइन काटिएको रहेछ । माओवादी र स्थानीयबिच हानाहान सुरु भयो भने तत्काल इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट इन्सपेक्टरकाे कमाण्डमा टाेली त्यहाँ पुग्यो र केहि माओवादी कार्यकर्तालाई गिरफ्तार गर्दै तितरबितर बनायो । राति १ बजे मात्रै अवस्था सामान्य बनेको थियोे । उनी यो क्षणलाई सम्झँदै मृत्युुलाई जितेको बताउँछिन् ।

जतिपनि जिल्लाका कार्यक्रमहरु हुन्थे प्राय सबै काकडभिट्टा केन्द्रित हुने गर्थे । काङ्ग्रेस त्यतिबेला आन्दोलनमा होमिएको थियोे भने अधिकांश केन्द्रीय नेताहरु भारतमा बसेर नेपालमा आन्दोलन चलाइरहेका थिएभने नेताकार्यकर्तालाई जबर्जस्त गिरफ्तारी दन आदेश दिएका थिए। झापाको हकमा भने उषा गुरुङ बाहेक सबैलाई गिरफ्तारी दिन पार्टीकाे आदेश थियोे । उनिप्रति पार्टी नेतृत्वले पुर्ण विश्वास गरेको थियोे । झापाको आन्दोलनकाे नेतृत्व पुर्व गृहमन्त्री समेत बनिसकेका कृष्णप्रसाद सिटौलाले गरेका थिए। त्यतिबेला पहिलो गिरफ्तारी हाल नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबे ,स्वर्गीय पुर्व सांसद चेतकुमारी दाहाल , हालकी केन्द्रीय सदस्य सुशीला ढकाल लगायतका नेताकार्यकर्ता गिरफ्तारी परेका थिए। गुरुङले सञ्चालन गरेको हालको ढाका हाेटलबाटै प्रहरीसँग दोहोरो झडप भएको थियोे भने नेताकार्यकर्ताले प्रहरीको पिटाइ समेत खाएका थिए। गिरफ्तार नहुन पार्टीकाे आदेश रहेपनि खुल्ला कार्यक्रम गर्नुपर्ने भएकोले दोस्रो गिरफ्तारी नै उषा गुरुङ काे रह्यो । उनी राजनीतिमा जेल पर्नु सामान्य र भाग्यमानी ठान्छिन्। झण्डै ३ महिना कारागार जिबन बिताउन पुगिन्।

जतिपनि जिल्लाका कार्यक्रमहरु हुन्थे प्राय सबै काकडभिट्टा केन्द्रित हुने गर्थे । काङ्ग्रेस त्यतिबेला आन्दोलनमा होमिएको थियोे भने अधिकांश केन्द्रीय नेताहरु भारतमा बसेर नेपालमा आन्दोलन चलाइरहेका थिएभने नेताकार्यकर्तालाई जबर्जस्त गिरफ्तारी दन आदेश दिएका थिए। झापाको हकमा भने उषा गुरुङ बाहेक सबैलाई गिरफ्तारी दिन पार्टीकाे आदेश थियोे । उनिप्रति पार्टी नेतृत्वले पुर्ण विश्वास गरेको थियोे । झापाको आन्दोलनकाे नेतृत्व पुर्व गृहमन्त्री समेत बनिसकेका कृष्णप्रसाद सिटौलाले गरेका थिए। त्यतिबेला पहिलो गिरफ्तारी हाल नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबे ,स्वर्गीय पुर्व सांसद चेतकुमारी दाहाल , हालकी केन्द्रीय सदस्य सुशीला ढकाल लगायतका नेताकार्यकर्ता गिरफ्तारी परेका थिए। गुरुङले सञ्चालन गरेको हालको ढाका हाेटलबाटै प्रहरीसँग दोहोरो झडप भएको थियोे भने नेताकार्यकर्ताले प्रहरीको पिटाइ समेत खाएका थिए। गिरफ्तार नहुन पार्टीकाे आदेश रहेपनि खुल्ला कार्यक्रम गर्नुपर्ने भएकोले दोस्रो गिरफ्तारी नै उषा गुरुङ काे रह्यो । उनी राजनीतिमा जेल पर्नु सामान्य र भाग्यमानी ठान्छिन्। झण्डै ३ महिना कारागार जिबन बिताउन पुगिन्। त्यतिबेला तत्कालीन ७ दलले संयुक्त आन्दोलन गरिरहेको थियोे । उषाकाे गिरफ्तारीपछि नेतृत्वले उनलाई विभित्र आरोप लगायो । तीन महिना पछि उनी रिहाइ भइन भने देश निर्वाचन तर्फ होमियाे । २०६४ सालको निर्वाचनमा कम मत ल्याएपनि नेपाली काङ्ग्रेसकाे नेतृत्वले समानुपातिक तर्फ निर्विरोध उषा गुरुङलाई सांसद बनायो । उषा सांसद भएपश्चात् , उनकी आमाले उषालाई सबै व्यवसाय बन्द गरेर जनताको हकअधिकारका लागि काम गर्न अनुरोध गरिन् ,। क्रान्तिकारी स्वभावकी उषाकी आमाले जनताको नुन खाएपछि जनताकै काम गर्नुपर्ने सुझाव दिएपछि उषाले कानुनी रुपमै आफ्नो व्यवसाय बन्द गरिन्,। पहिलोपटक माननीय भएर संससद भवमा ५ मिनेट बाेल्ने समय पाउँदा बाहुनडाँगीका हात्ती पीडित जनताको समस्या राखेकि थिइन् । हाल उक्त क्षेत्रमा हात्ती राेक्नका लागि विद्युतिय तारबार समेत गरिएको छ । सांसद भैसकेपछि उनी अझै पार्टीमा सक्रिय नेतृका रुपमा प्रस्तुत भइन्, भने महत्त्वपूर्ण सार्वजनिक लेखासमितिकाे सदस्य समेत बनिन् । सोही अनुरुप उषा दोस्रोपटक २०७० काे निर्वाचनबाट पनि निर्विरोध झापाबाट समानुपातिक तर्फबाट सांसद बनिन् । उनी आफ्नो कार्यकालमा महिला हकअधिकारका निमित्त ठुलो उपलब्धि हासिल गरेको बताउँछिन् । कुनै पनि नेतृत्व तहमा प्रमुख या उपप्रमुखका रुपमा महिलाको नेतृत्व हुनुपर्ने कुरालाई कार्यनयनमा ल्याउन पनि आफ्नोतर्फबाट ठुलो भुमिका रहेको र सफल भएको पनि उनी बताउँछिन् । आफुहरुकै माग र अडानका कारण हाल राष्ट्रपति महिला रहेको र हरेक पालिकामा प्रमुख या उपप्रमुख महिला रहेकाे कुरालाई ठुलो उपलब्धि मान्छिन्,। साथै उनलेे झण्डै ३५ लाख बढि अपांगहरुका हकहित र अधिकारका विषयमा समेत ठुलो उपलब्धि हासिल गरेको सम्झन्छिन्। उनी सहितको टिमले अपांगहरुलाई समेत राजनीतिक अधिकार दिलाउन सफल भएको दावी गर्छिन्, । अपांगलाई भत्ता दिनुमात्रै ठुलाे कुरा नभएर उनिहरुलाई राजनैतिक अधिकार दिलाउने कुरा कानुनी रुपमा पारित गर्नु यो क्षेत्रकाे ठुलो उपलब्धि रहेको बताउँछिन् ।

उषाले आफ्नो व्यवसाय सुरु गरेको होटल

अपांगहरुलाई राजनैतिक अधिकारको माग गर्दा उनलाई धेरैले पागलकाे संज्ञा दिएको सम्झन्छिन्,। त्यसपश्चात उनले आफ्नो अर्को सफलताको रुपमा बेरुजु फर्छौट समितिकाे अध्यक्ष हुनुलाई सम्झन्छिन्,। झण्डै ३ वर्ष बेरुजु फर्छौट समितिकाे पहिलो महिला अध्यक्ष बनेकी उनले आफ्नो कार्यकालमा ठुलो उपलब्धि हासिल गरेको दावी गर्छिन् । उनी उक्त जिम्मेवारीमा पुगेपछि केन्द्रीय नेता, मन्त्री र सांसदहरुकाे समेत फाइल खाेलेर कानुनी दायरामा ल्याउन सकेको प्रति गर्व गर्छिन् । उक्त विषयमा आफू पोख्त नभएपनि जिम्मेवारी पाइसकेपछि इमानदारीपूर्वक आफ्नो काम गर्नुपर्छ भन्ने अठोटका साथ आफुले काम गरेको उनी बताउँछिन् । शिर्ष नेता तथा मन्त्रीहरुका सचिव समेत महिनाैँ सम्म फाइल बाेकेर घुम्दै मन्त्रीहरुकाे नाम लिएर मिनाहा गर्न अनुरोध समेत गर्ने गरेको सम्झँदै जनताले दिएको कुर्सीमा बसेर आफुले जनतालाई अन्याय गर्न नसक्ने बताउँदै कयौंलाई कारबाहीको दायरामा समेत ल्याएको बताइन् । आफ्नो कार्यकाल सफल रहेपनि अन्त्यमा फाईल संसद्मा प्रस्तुत गर्न नपाउँदै संसद भंग भएका कारण साेचे अनुरुप काम गर्न नसकेको उनी बताउँछिन् । तत्कालीन माओवादीले सफायाकै निर्णय गरेर आक्रमण गर्दा समेत भाग्यले बाँचेको स्मरण गर्दै जनताकाे हक अधिकार सुनिश्चितताका लागि आफू प्रतिबद्ध रहेर काम गरेको स्मरण गर्छिन् । हाल करोडौं बेरुजु रहेको उल्लेख गर्दै राज्यले बेरुजु अन्त्यका लागि विशेष ध्यान दिएर काम गर्नुपर्ने उनी बताउँछिन् ।

दोस्रो निर्वाचन र संविधान निर्वाचनपछि पनि जनताको हकहितका लागि उपलब्धि मुलक कामहरु गरेको उनी बताउँछिन् । २०७२ सालको भुकम्प पश्चात् पनि रसुवाका विभिन्न गाउँ गाउँ पुगेर उद्दार गरेकाे सम्झँदै उनी नेपाली राजनीतिमा आफुले ठुलो उपलब्धि हासिल गरेको सम्झन्छिन्,। संविधान घोषणा पश्चात् आफ्नो कार्यकाल सकिएसँगै उषा पुनः आफ्नो पुरानो व्यवसायलाई सुचारू गर्ने योजनाका साथ उनले होटल व्यवसाय शुरु गरिन्, भने राजनीतिबाट केही बर्ष ओझेलमा परिन् । २०७४ काे निर्वाचनमा प्रत्यक्ष तर्फबाट उम्मेदवारी दिने तयारी गरेकी उनलाई पार्टीले टिकट नदिएपछि उनी ओझेलमा पर्दै गइन। राजनीतिक जीवनलाई ओझेलमा राख्दै होटल व्यवसायमा फर्किएसँगै उनले धेरै बेरोजगार युवायुवतीहरुका लागि तालिम सञ्चालन देखि राेजगारी दिलाउने सम्मको काम गरिन्,। उनी होटलमा आफैँ मजदुरी गरिरहेकी छिन् । कहिलेपनि आफुले देशको सांसद बनेर यो ठाउँमा पुग्छु भन्ने नसाेचेकाे र आफुले साेचेकाे भन्दा धेरै उपलब्धि हासिल गरेको बताउँछिन् । महिलालाई घरबाटै न्याय दिनुपर्ने साेच राख्ने उनले आफ्नि बुहारीलाई छोरी समान व्यवहार गरेकी छिन् भने उनकाे सबै कारोबार हाल बुहारीलाई सुम्पिएकि छिन्,। उनकाे गुनासो नेताहरूले भाषणमा मात्रै समाजवादी बनेकाे र कम्तीमा १०% मात्रै भएपनि नेताहरूलाई समाजवादी बन्न उनकाे आग्रह छ । हिजोका ती दुखकाे दिन सम्झँदै उनी २०००/- रुपैयाँबाट आफुले व्यवसाय सुरु गरेको  सम्झन्छिन् ।

उनी अहिलेपनि काकडभिट्टा स्थित बाहुनडाँगि राेडमा रहेको खाजा, नास्ताकाे होटलमा कहिले ग्राहकलाई सेवा गरिरहेकी भेटिन्छन् , त कहिले ग्राहकले खाएका भाँडाकुँडा माझ्दै गरेको अवस्थामा भेटिन्छन् , त कहिले सरसफाइ गरिरहेको अवस्थामा । केही काम नै छैन भन्नेहरुका लागि उदाहरणीय पात्र रहेकी र दुईदुई पटक सांसद बनेकी उनलाई झट्ट हेर्दा सामान्य मजदुर कै अवस्थामा देखिन्छ । नेपाली राजनीतिकि उदाहरणीय पात्र भन्दा खासै फरक पर्दैन उनलाई । राजनितिक दलका नेतृत्वहरूले महिलाहरूलाइ अहिलेपनि प्रत्यक्ष उम्मेदवार बन्न राेक लगाउने गरेकाे गुनासाे गर्दै उनले यसपटककाे निर्वाचनमा टिकट पाए उम्मेदवारी दिने निर्णय गरेकाे बताइन् ।