सुनसरी ,२३ असार । रुखबाट लडेर गम्भीर घाइते भई वीपी स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार गराइरहेकी उदयपुरकी रनमाया नेपालीलाई नेकपा (बहुमत)का केन्द्रीय नेताले आर्थिक सहयोग गरेका छन्,।

आर्थिक अवस्था कमजोर रहेकी उदयपुर ताप्ली गाउँपालिका -४ कि नेपालीकाे असार १० गते रुखबाट लडेर मेरुदण्ड भाँचिएको र शरीरको अन्य भागमा समेत चोटपटक लागेका कारण हाल उनी धरानको घोपामा उपचार गराइरहेकी छिन्,।

उनको उपचारको लागि आर्थिक अभाव भएसँगै नेपाल कम्युनिस्ट पार्टी( बहुमत) का केन्द्रीय सल्लाकार समिति सदस्य गौर ब. देवकोटा ( जटिल) ले छोरा तोविन देवकोटा मार्फत मलेसियाबाट ३३ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको र उजले धरान स्थित घोपा क्याम्पमा पीडित परिवारलाई सो रकम हस्तान्तरण गरेका हुन्,।