मेचीनगर, २४ असार । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि १ अर्ब ३२ करोडको बजेट पारित गरेको छ । आज शुक्रबार सम्पन्न नगरसभाले आगामी आर्थिक बर्षका लागि उक्त बजेट पारित गरेको हो ।

मेचीनगरमा सबैभन्दा बढी भौतिक पूर्वाधारमा १२ करोड २७ लाख बिनियोजन गरिएको छ भने शिक्षामा ३ करोड ५९ लाख ३४ हजार ७ सय २२ रकम छुट्याइएको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या तर्फ १ करोड ९० लाख ५० हजार, कृषि तर्फ १ करोड ४९ लाख ५० हजार, सामाजिक परिचालन तथा गरीबी न्यूनिकरण तर्फ १ करोड ९५ लाख रकम बिनियोजन भएको छ । त्यस्तै युवा तथा खेलकुद विकास तर्फ १ करोड ५ लाख रकम छ ।

नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरसभामा प्रस्तुत गरेको बजेटमा लैंगिक समानता र समावेशीकरण तर्फ ८८ लाख ६० हजार रकम बिनियोजन भएको छ ।

नगरपालिकाले विपद व्यवस्थापनमा ७५ लाख, फोहोर मैला व्यवस्थापनमा ७५ लाख रकम विनियोजन गरेको छ भने, साहित्य, कला, भाषा, संस्कृति, विज्ञान र सञ्चारका लागि ३७ लाख रकम छुट्याइएको छ । त्यस्तै नगरपालिकाले पशु विकास तर्फ ४८ लाख र सहकारी एवं लघु उद्यम तर्फ २२ लाख रकम विनियोजन गरिएको छ ।