काठमाडौं, २१ साउन। नेपाली जनप्रगतिशिल मञ्चकाे कार्यक्रममा सहभागी हुन शुक्रबार बेलुका जापान प्रस्थान गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान पुगेका छन् ।

जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी र प्रवासी नेपालीहरुले स्वागत गरेका छन् ।

नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान गएका प्रचण्डको अन्य कुनै पनि कार्यक्रम सार्वजनिक गरिएको छैन । सचिवालयका अनुसार आइतबार उनी नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने छन् , भने साउन २५ गते स्वदेश फर्किने सचिवालयले जनाएको छ ।