मेचिनगर,०९ भदौ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको आयोजनामा झापाको मेचीनगरमा नगर स्तरीय अन्तर मावि नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

नेकपा एमाले निकट अनेरास्ववियु मेचीनगर कमिटीको आयोजनामा आयोजित प्रतियोगितामा नगरका १० वटा विद्यालय सहभागी रहेका थिए । धुलाबारीको पासाङ्ग ल्हामु हलमा विहीबार सम्पन्न प्रतियोगितामा इष्टहोराइजन मावि प्रथम, हिमालयन एकाडेमी द्वितीय र होलिबेल अंग्रेजी मावि तृतीय भए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका विद्यार्थीले क्रमश १० हजार, ८ हजार र ५ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरे । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष लोकेश निरौला, बिशिष्ट अतिथि मेचीनगर नगरपालिकाका प्रमुख तथा नेकपा एमाले प्रदेश कमिटि सदस्य गोपालचन्द्र बुढाथोकी र अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य दुर्गा धमलालगायले उक्त पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा अनेरास्ववियु प्रदेश कमिटि सदस्य लक्ष्मी न्यौपाने, जिल्ला अध्यक्ष रोशन लामा, उपाध्यक्ष लक्ष्मी गौली र बलाराम गिरीलगायतको आतिथ्यता रहेको थियो ।

अनेरास्ववियु मेचीनगर अध्यक्ष बिरु मेचेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत अनेरास्ववियु जिल्ला सदस्य एवम् कार्यालय सचिव सन्तोष धमलाले गरेका थिए । कार्यक्रम सञ्चालन अनेरास्ववियु मेचीनगर सदस्य संगम बरालले गरेका थिए ।