रामेछाप ,१३ भदौ । महिला दिदिबहिनीहरुको महान चाड तिजको अवसरमा रामेछाप काठमाडौँ सृजनशिल समाजले “तिज विशेष कार्यक्रम” सम्पन्न गरेको छ।

जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ स्थित पुरानो वडा कार्यालयको प्राङ्गणमा वडाका महिला दिदिबहिनीहरुलाई विभिन्न परिकार सहितको दर खुवाउँदै नाचगान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

लामो समयदेखि समाजमा विभित्र सांस्कृतिक तथा सामाजिक कार्यमा अग्र भागमा रहेर काम गर्दै आइरहेको रामेछाप काठमाडौं सृजनशिल समाज नामक संस्थाले तिज विशेष कार्यक्रम भने पहिलोपटक गरेको संस्थाका संयोजक कृष्णहरी बुढाथोकीले जानकारी दिए।

उक्त कार्यक्रमका लागि स्थानीय समाजसेवीहरुले आर्थिक सहयोग गरेकोे र कार्यक्रमको संयोजन संस्थाका सदस्य पुरुषाेत्तम बुढाथोकीले गरेका थिए। संस्थाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरेको छ।