मन्थली ,१४ भदौ । रामेछाप काठमाडौँ सृजनशिल समाज नामक संस्थाले हिन्दु धर्मवालम्विहरुको महान पर्व दशैको अवसरमा जिल्लाव्यापी “सृजनशिल युवा भलिबल प्रतियोगिता” आयोजना गर्ने भएको छ ।

उक्त प्रतियोगिता नकआउट नियम अनुसार हुने र प्रतियोगितामा जिल्लाभरीका खेलाडी तथा क्लबहरुले सहभागी हुन सक्ने आयोजकले जानकारी दिएको छ।

यूवाहरूको बीचमा एकता र सद्भाभाव बढाउन, सृजनशिलता र सामाजिकताको भावना अभिवृद्दि गर्न र स्वास्थ्यका लागि खेलकुदको आवश्यकता रहेको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ सृजनशिल युवा भलिबल प्रतियोगिता आयेजना गर्न लागिएको संस्थाका संयोजक कृष्णहरी बुढाथोकीले जानकारी दिए ।

उक्त प्रतियोगितामा जिल्लाकाे जुनसुकै वडाबाट एउटामात्र टिम सहभागी हुन सक्ने र प्रत्येक टिमलाई सम्बन्धित वडाले सहभागी नामसहित सिफारिस गर्नुपर्नेछ । खेलाडीले खेल शुरू हुनु अगावै परिचय खुल्ने कागजात आयोजकलाई उपलब्ध गराउनुपर्ने र सहभागीको नाम पछि परिवर्तन गर्न नपाइने नियम रहेको छ । प्रतियोगितामा सहभागी खेलाडी तथा टिमले खान बस्न लगायतका खर्च आफैं बेहोर्नुपर्ने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा धेरै टिम भएमा प्रतियोगिता अगावै छनोट खेल खेलाइने आयोजकले जनाएको छ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद रु २०,००० सहित मेडल र प्रमाणपत्र, दोश्रो पुरस्कार नगद रु १५,००० सहित मेडल र प्रमाणपत्र र तेस्रो पुरस्कार नगद रु १०,००० सहित मेडल र प्रमाणपत्र रहेको छ। साथै प्रतियोगिताको अन्त्यमा एक जना बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सटर, बेस्ट सर्भर, बेस्ट लिभ्रो, उत्कृष्ट टिम कोचलाई मेडल र प्रमाण पत्रसहित पुरस्कृत गरिनेछ ।

प्रतियोगिता हुने मैदान

शारदा उमाविको खेलमैदानमा हुने उक्त प्रतियोगिता अशोज १४, १५ र १६ गते बिहान ११ बजेबाट सञ्चालन हुने र प्रत्येक टिमले असोज १ गते भित्र वडाबाट सिफारिस लिएर रू. १०००/- शुल्कसहित टिम दर्ता गर्नुपर्ने आयोजकले जानकारी दिएको छ ।

यसैबीच, आयोजकले तोकेको समयमा खेलाडी उपस्थित हुनु पर्ने र अन्यथा बिपक्षी समूहलाई स्वतः विजयी घोषणा गरिने जनाएको छ । खेल एफआईभीपी तथा नेपाल भलिबल संघको नियम अनुसार खेलाइनेछ । खेलमा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुने र प्रतियोगिता बारे अन्य जानकारी असोज पहिलो हप्ता सुचना जारी गरिने आयोजकले जानकारी दिएको छ।

खेलाडीहरुले वडाकाे शिफारिशकाे पत्र र संस्थाको खातामा जम्मा भएकाे रकम स्लिप मेल वा म्यासेज गरेपश्चात टिम दर्ता भएकाे मानीनेछ । जसका लागि किशोर थापा ९८४४४००७१२ र सुवास के सी ९८४४२८२२६४ सम्पर्क गर्न संस्थाले आग्रह गरेको छ।

संस्थाबाट कार्यक्रम संयाेजन , समन्वय गर्न संस्थाका सदस्यहरू ६ जनाकाे आयाेजक समुह बनाएको छ जसमा निम्न व्यक्तिहरु रहेका छन्,।
संयाेजक: मदन कुमार श्रेष्ठ ९८०२९०९७७७
सदस्य : सुवास के सी ९८४४२८२२६४
सदस्य : विमल कुमार पाण्डे ९८४१६७४३७०
सदस्य: सिताराम लाेहनी ९८४४२५७७७६
सदस्य: प्रदिप कुमार अधिकारी ९८५११९७९७०
सदस्य: राम तामाङ ९८५१०८५१५२

प्रतियोगिता ब्यबस्थापन समूह
संयोजक: किशोर थापा९८४४४००७१२
सदस्य : दिवस खत्री ९८४५३४७०५२ ,
सदस्यः अजय कार्की ९८४५३४६३५९