झापा ,१८ भदौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा नवौं महाधिवेशनको तयारीमा देशैभर आफ्नो प्रस्तुति प्रदर्शन गर्ने क्रममा केन्द्रीय सामना सांस्कृतिक परिवारले झापाको चनद्रगढीमा विभिन्न सांस्कृतिक कलाहरु प्रस्तुत गरेको छ।

सयौंको संख्यामा भेला भएका झापालीहरुकाे माझमा सामना सांस्कृतिक परिवारले परिवर्तन झल्काउने विभित्र गित, नृत्य, प्रहसन प्रस्तुत गरेको थियो । उक्त कार्यक्रमको सञ्चालन सामना सांस्कृतिक परिवारका संयोजक आरोह नेपालीले गरेका थिए भने उक्त कार्यक्रममा पार्टीका झापा जिल्ला कार्यालय सचिव सञ्जय राईले सम्बोधन गरेका थिए।

केन्द्रीय महाधिवेशनकाे तयारी सहित देशभर सांस्कृतिक प्रस्तुति दिँदै हिँडेका कलाकारहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेता राईले सरकारको रवैया ठिक नभए जस्तोसुकै प्रतिरोध संघर्ष गर्न तयार रहेको उद्घोष गरे। देश र जनताको भविष्यमाथि अहिलेकाे सत्ताले कुठाराघात गरेको बताउँदै उनले अब परिवर्तनको लागि सबैले एकपटक संघर्ष गर्नुपर्ने बेला आएको बताए ।