झापा,२० भदौ । मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोईराला झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।

एमाले क्षेत्र नं १ को क्षेत्रिय कमिटीले झापा सहईन्चार्ज समेत रहेका कोईरालालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत सिफारिस गरिएको क्षेत्रिय संयोजक टिकाराम मंग्रातीले बताए ।

मेचीनगरकाे संस्थापक मेयर समेत रहेका कोईराला दोस्रो संविधान सभा निर्वाचनमा यस क्षेत्रबाट विजयी भइ संसदमा प्रतिनिधित्व समेत गरिसकेका छन् ।

एमालेका प्रभावशाली नेताको रूपमा परिचित कोईरालाले संविधान सभा निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए । यहि क्षेत्रबाट नेपाली काङ्ग्रेसको तर्फबाट विश्वप्रकाश शर्मा उठ्ने भएपछि पुनः एकपटक यी दुई नेताबीच प्रतिस्पर्धा हुने भएको छ।