इलाम,२८ भदौ । नेपाल कम्युनिस्ट पार्टी संग नाम जोड्दै माओवादी केन्द्रमा ध्रुविकरण भनेर ईलाममा चलाउन खोजिएका विभीन्न समयका प्रयत्न र प्रचारबाजि प्रती नेपाल कम्युनिस्ट पार्टी इलामले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

आज नेकपा इलामका जिल्ला सचिव मौसमले प्रेस विज्ञप्ति जारी गर्दै जनताको आस्था, निष्ठा र विश्वास माथि गैर क्रान्तिकारी हमला नगर्न र पार्टीले जिम्मेवारी पुर्वक ईलामका जनताहरुको विचमा एकीकृत जनक्रान्तिका कामहरुलाई अगाडि बढाईरहेको जगजाहेर रहेको उल्लेख गरेका छन्,।

एकीकृत जनक्रान्तिको प्रकृयामा विभिन्न कारण र बहाना देखाउदै इलाम जिल्लालाई नेतृत्व विहिन बनाउने र आन्दोलनलाई विकृत पार्ने प्रयत्नहरु समेत भएको बताउँदै जनताको विश्वासमाथी कालोपोत्ने थुप्रै मित्रहरुको पलायनताका बाबजुत ईलाममा दृढतापूर्वक एउटा पंक्ती बलिदान गर्ने तहमा तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ- ” पार्टी प्रतिबन्धित रहेको समयमा सत्ता संग सम्झौता गरेर तत्कालिन केपि नेतृत्वको पार्टिको टीका र दोसल्ला ओड्दै गुमनाम भएकाहरु लामो समय पछि पुनः नेपाल कम्युनिस्ट पार्टी र महासचिव विप्लवको दुहाई दिँदै माकेमा ध्रुविकरण भन्दै हिँडिरहेको पाइएको छ । त्यो त स्वभाविक नै थियो, तर बिजुलिको रफ्तारमा पार्टी चलाईरहेका छौं भन्ने माके भित्रका आफ्नो खुट्टामा भर नभएका केहि मित्रहरु यसैमा रमाएर जनतालाई भ्रमित गर्ने खेतीपाती लगाउन उद्धत देखिन्छन् । हामि जनयुद्धलाई स्मरण गर्न र ईलाममा बगेको रगत संग जोडीएको सपना प्रति न्युनतम ईमान राख्न आग्रह गर्दछौं । हामी विनम्रता पुर्वक यस्ता कामहरु रोक्न यस्ता गतिविधिमा सम्लग्न सबै कमरेडहरुलाई अनुरोध गर्दछौं । हामिले यो देशबाट दलाल पुजिवादी संसदिय सत्तालाई चिहानमा गाड्ने संकल्प गरिसकेका छौं ।”

ईलामेली जनताको बिचमा बसेर पार्टिले जत्रो सुकै र जस्तो सुकै षड्यन्त्रलाई परास्त गर्ने भन्दै क्रान्ति र जनताको भावनालाई मजाक नबनाईदिन जिल्ला पार्टीले अनुरोध गरेको छ । यो दलाल पुजिवादी व्यवस्था विरुद्ध निर्णायक मोर्चा खोल्ने समय बन्दै गएको यो परिदृश्यमा अगाडी सारीएका यस्ता मजाकहरु कौडी बराबर बन्ने या महङ्गो पर्न सक्ने चेतावनी दिँदै सम्पुर्ण ईलामेली जनसमुदायलाई यस्ता भ्रमहरुबाट मुक्त भएर क्रान्तिले तय गरेको बाटोमा विश्वस्त हुन साथै एकिकृत जनक्रान्तिको प्रकृयामा धुविकृत हुन नेकपाले अपिल गरेको छ।