झापा ,३१ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले रोजगारीको आसमा भिजिट भिसा मार्फत दुबई पुगी एक वर्षदेखि अलपत्र परेका ५ जना नेपाली र आत्महत्या गरी मृत्यु भएका १ नेपालीको अलपत्र शव नेपाल ल्याउने भएका छन्,।

दुबईमा मृत्यु भएका २३ वर्षीय भुपाल भट्टराईकाे शव सहित एकवर्षदेखि अलपत्र अवस्थामा रहेका नवलपरासी दुबैलिया ९ का राजभर अङ्गदल, शुनिलबहादुर राना, अञ्जन सेन, देभ चन्द्र गुरुङ रहेको दुर्गा प्रसाईंले जानकारी दिएका छन्,।

अलपत्र परेका उनिहरु एक वर्षदेखि कहिले साथीहरूको त कहिले कहाँ बसेर उद्धारको पर्खाइमा रहेका थिए । मानवीयता हराएका दलालहरूको कुकर्म र रोजगारीको लोभमा दलालीको पासोमा पर्दाको पीडाको विषयमा जानकारी दिन र उद्धार गरिएकाहरूलाई उनीहरूको पारिवारिक मिलन र शव हस्तान्तरण गर्न भोलि काठमाडौंमा पत्रकार सम्मेलन गरेर जानकारी दिइने प्रसाईंले बताए ।